

एसईई उत्तिर्णपछि नायिका करिश्मालेपनि बाबुराम छोड्ने, नेकपा प्रवेशको तयारी

काठमाडौ । राजनीतिमा लागेर नायिका करिश्मा मानन्धरले फिल्ममा झै निकै दुःख र संघर्ष त गरिनन् । तरपनि राजनीतिमा पुगेर चर्चाकी पात्र भने बनिन् । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा उनले राम्रै स्थान पाईरहेकी छिन् । तर उनलाई अहिले आफ्नो भूमिका अनुसार पार्टीले मूल्याङकन गरेन भन्ने बुझाई छ । फिल्म क्षेत्रमा जस्तो उनले राजनीतिमा सफलता यही कारण नपाएको उनको आरोप
छ ।
डा बाबुराम भट्टराईले पार्टीलाई नेतृत्व दिन सकेनन् बरु समाजवादी फोरमसँग लगेर पार्टी एकीकरण गराए । नयाँ शक्ति पार्टीमा बगाएको करिश्माको पसिना खेर गयो तर, उनी निराश भएकी छैनन् । अझै राजनीतिमा सक्रिय हुने उनको चाहना छ । हालै एसइइ उत्तिर्ण गरेकी उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्ने तयारीमा छिन् ।
स्रोतका अनुसार नेकपा प्रवेशका लागि उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत भेटवार्ता गरिसकेकी छिन् । जिम्मेवारीसहित आफूलाई पार्टीमा प्रवेशका लागि उनले आग्रह गरेको स्रोत बताउँछ । प्रचण्डले पनि आफूले पार्टीभित्र छलफल गरेर छिट्टै खबर गर्ने बताएको करिश्मा निकट स्रोतको दावी छ ।
July 10, 2019 10:30 am | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

