आयो विश्वकै अचम्मको कण्डम : अब कण्डमले नै गराउनेछ एकसाथ यौनसम्पर्कका लागि सहमत
सामान्यतया अहिलेसम्म महिला र पुरुषका लागि फरकफरक कण्डम निर्माण गरिएको हामीले थाहा पाएका छौं । के तपाईलाई थाहा छ विश्वमा अहिले एक अनौठो कण्डमको निर्माण पनि भएको छ ।
अर्जेन्टिनाको यौन खेलौना ‘सेक्स टोय’ बेच्ने कम्पनी तुलिपनले एउटा यस्तो कण्डम निर्माण गरेको छ जसलाई खोल्नका लागि दुई व्यक्तिको सहमतीको आवश्यक पर्ने कम्पनीको दावा रहेको छ । अथार्त्, प्याकेट खोल्नका लागि एकै समयमा चारवटा ठाउँमा दबाउनुपर्छ । ‘कन्सेन्ट कण्डम’ नाम दिइएको यो कण्डमको प्याकेटको चार कुनामा पोइन्ट बनाइएका छ ।
यदि दुई व्यक्तिले आफ्नो दुबै हातले यसलाई सँगै दबाउँछन् भनेमात्र यसको प्याकेट खोलिनेछ । कण्डमको प्याकेटमा लेखिएको छ, ‘यदि यसमा सहमती छैन भने यो असहमती हो ’ यसलाई औपचारिक रुपमा यसै वर्ष सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ ।
यद्यपि, यसका केही निश्चित प्याकेट बार र ब्यूनोस आयर्समा आयोजित कार्यक्रममा सहभागी जोडीलाई नमूनाको रुपमा निःशुल्क बाँडिदैछ । हामीले यौन सम्बन्धको चर्चा गर्दै सुख त्यतिबेला मात्रै सम्भव हुन्छ जब यसमा दुबैको बराबर सहमती हुन्छ । यसले यौन सुख बढाउने उनीहरुको दावी छ । एजेन्सी
July 10, 2019 10:38 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने