एनसीसी कुवेतको छैटौं अधिवेशनको लागि उम्मेदवारी दर्ता जुलाइ २० तारिक हुने
कुवेत – गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी अगष्ट २ तारिक कुवेत सिटी स्थित IN & GO होटलको सभाहलमा आयोजना हुन गर्इरहेको आसन्न छैटौं राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन समितिले एक सूचना जारि गरि कुवेतको मालिया सिटी स्थित चैतारी रेष्टुरेन्टमा यहि जुलाइ २० तारिक शनिबार दिउँसो २ बजेदेखि साँझ ७ बजे सम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ ।
निर्वाचन समितिले जारी गरेको सूचना अनुसार नयाँ बन्ने कार्य समितिमा उम्मेदवारी दिन चाहने विभिन्न पदका उम्मेदवारहरूका लागि उम्मेदवारी शुल्क समेत निर्धारण गरेको छ । गैर आवासीय नेपाली संघको विधान बमोजिम प्रति एक हजार पञ्जिकृत सदस्य बराबर एक जना अन्तर्राष्ट्रिय परिषदको सदस्य रहन पाउने ब्यवस्था भएकोले कुवेतको हकमा अन्तर्राष्ट्रिय परिषदको सदस्य १ जना मात्र रहने छन् । सोही अनुसार अन्तर्राष्ट्रिय परिषदको सदस्य १ पदको लागि अमेरिकी डलर १००० बराबर हुन आउने ३०५ केडी, संघको राष्ट्रिय समन्वय परिषदको अध्यक्ष १ पदको लागि २५० केडि, उपाध्यक्षहरू प्रथम उपाध्यक्ष, उपाध्यक्ष र महिला उपाध्यक्ष गरि ३ पदको लागि जनही १७५ केडि, महासचिव १ पदको लागि १५० केडि, सचिव तथा कोषाध्यक्ष १-१ पदको लागि जनही १०० केडि, युवा संयोजक तथा महिला संयोजक १-१ पदको लागि जनही ७५ केडि, सह-कोषाध्यक्ष तथा महिला उप-संयोजक १-१ पदको लागि जनही ५० केडि र सदस्य १० पदको लागि जनही २० केडी उम्मेदवारी शुल्क तोकिएको छ ।
निर्वाचन समितिले यस अघि नै निर्वाचन अचार संहित र निर्वाचन कार्यतालिक प्रकाशन गरिसकेको छ भने यस वर्षबाट अनलाइन पद्दतिमा भरिएको पञ्जिकृत सदस्यता फारम जुलाइ १९ तारिक शुक्रबार राती १० बजेसम्म भर्न पाइनेछ भने जुलाइ २० तारिक शनिबार दिउँसो २ बजेबाट साँझ ७ बजेसम्म उम्मेदवारी दिन सकिनेछ ।परेका उम्मेदवारी माथि दावी बिरोधको लागि जुलाइ २२ तारिक तारिक सोमबार साँझ ५ बजे सम्मको समय तोकेको छ भने उम्मेदवारी फिर्ता लिनको लागि जुलाइ २५ तारिक बिहिबार साँझ ५ बजे सम्मको समय सिमा तोकेको छ भने जुलाइ २६ तारिक शुक्रबार साँझ ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिने पनि निर्वाचन समितिले यस अघि नै जनाइसकेको छ ।
July 11, 2019 3:02 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन