

देशभर भारी वर्षाको सम्भावना: यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान

काठमाडौं। देशैभर मनसुन सक्रिय रहेको भन्दै खोलानाला र पहिलो ग्रस्त क्षेत्रमा उच्च सतर्कता अपनाउन नेपाल सरकारले आग्रह गरेको छ।तुलनात्मक रुपमा देशको प्रदेश १, २ र ३ का धेरैजसो स–साना खोलानालाहरुमा आजदेखि पर्सी सम्मै जुनसुकै बेला सतर्कताा तह भन्दा माथि जान सक्ने सम्भावना रहेको नेपाल बाढी सूचनाले जनाएको छ।
आज मनसुन न्यूनचापिय रेखा नेपाल नजिक रहेको छ। आगामि २४ घण्टासम्म पनि मनसुन न्यूनचापिय रेखा नेपालको पुर्वदेखि पश्चिम तराई भू–भागमा रहिरहने जनाइएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पूर्ण बदली रहि मध्य र पूर्वका केही स्थानहरु र पश्चिम क्षेत्रको धेरैजसो स्थानहरुमा मनसुनि वर्ष भइरहेको छ।
आगामि तीन दिनसम्मको मौसम पूर्वानुमान यस्तो रहेको छः–
असार २६ गते (बिहिबार)
दिउँसो: देशका अधिकांश भू-भागमा पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै देशको पश्चिमि भेगका एक-दुई स्थानहरुमा र मध्य र पूर्वी नेपालका थोरै स्थानहरुमा भारि वर्षाको संभावना।
राती: देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना छ। देशको केहि स्थानहरुमा भारि वर्षाको संभावना छ ।
असार २७ गते (शुक्रबार)
दिउँसो: देशका अधिकांश भू-भागमा बदली रहनेछ। देशका पश्चिमी भूभागका केहि स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारि वर्षाको संभावना छ।
राती: देशका अधिकांश भू-भागमा बदली रहनेछ। देशका पश्चिमी भूभागका केहि स्थानहरु र मध्य र पूर्वका धेरै स्थानहरुमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारि वर्षाको संभावना छ ।
असार २८ गते (शनिबार)
दिउँसो: देशका अधिकांश भू-भागमा बदली रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारि वर्षाको संभावना छ।
राती: देशका अधिकांश भू-भागमा बदली रहनेछ। देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै एक दुई स्थानहरुमा भारि वर्षाको संभावना छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशभर मनसुनी वर्षा जारी रहने देखिन्छ। साथै देशको पश्चिमि भेगका एक(दुई स्थानहरुमा र मध्य र पूर्वी नेपालका थोरै स्थानहरुमा भारि वर्षाको संभावना भएकोले ती क्षेत्रका नदिहरुमा जलको वहाव, स्तर वढन सक्ने र पहाडि क्षेत्रहरुमा पहिरोहरुको जोखिम बढ्न सक्ने भएकोले उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ। साथै, हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्नेछ।
July 11, 2019 12:25 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

टप एन्ड टी–२० शृङ्खलामा नेपालले आज नर्दन टेरिटोरीसँग खेल्ने

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ वटा घटना, एक जना पत्रकारको हत्या

झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका वडा नं.-३,पिङ्ग डाँडाकी टिका तिम्सीना लाई रु ५१,९९६ रुपैया आर्थिक सहयोग गरेको छ ।

