![](https://nepaldrishti.com/wp-content/uploads/2025/02/IMG_9746.jpeg)
![](https://nepaldrishti.com/wp-content/uploads/2018/06/800x80.gif)
शिक्षकको कुटाइबाट विद्यार्थीको ज्यान गएपछि चार शिक्षकसहित पाँच जना पक्राउ
![](https://nepaldrishti.com/wp-content/uploads/2019/07/a-7.jpg)
कञ्चनपुर – शिक्षकको कुटाइबाट विद्यार्थीको ज्यान गएको भन्दै चार जना शिक्षकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका-१७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको उपचारका क्रममा ज्यान गएपछि प्रहरीले प्रधानाध्यापक यशोदा जोशी, शिक्षकहरु दुर्गादत्त पाठक, लक्ष्मण भट्ट, हर्क जाग्री र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरञ्जन प्रसाद बोहरालाई पक्राउ गरेको हो ।
गएको असार १३ गते शिक्षकको कुटाइबाट गम्भीर घाइते भएका कलौनीको टाउको र छातीमा चोट लाग्नुका साथै दायाँ खुट्टा भाँचिएको थियो । उनको उपचारका क्रममा मंगलबार राति भारतको राममूर्ति अस्पतालमा ज्यान गएको हो ।
बालकको ज्यान गएपछि घटनाको अनुसन्धानका लागि प्रधानाध्यापकसहित पाँच जनालाई पक्राउ गरी अनुसन्धान भैरहेको कञ्चनपुरका प्रहरी प्रमुख जनकराज पाण्डेयले बताउनुभयो । त्यस्तै गएको असार १३ गते शिक्षकले कुटपिट गरेको भनिएका कलौनीको १८ गते मात्रै स्वास्थ्य अवस्थाबारे जानकारी आएकाले त्यसबारे पनि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ
विद्यालय बाहिर साथीभाइसँग झैझगडा गरेको विषयलाई आधार बनाएर शिक्षकले कुटपिट गरेको माधवका साथी आयुष विकले बताउनुभयो। साथीभाइसँग झैझगडा गरेको विषयमा अनुशासन सिकाउन दुई थप्पड हानेको शिक्षकले स्वीकार गरे पनि मृतकका आफन्तले भने शिक्षकको कुटाइकै कारण माधवको ज्यान गएको आरोप लगाएका छन् ।
July 11, 2019 12:36 pm | टप![](https://nepaldrishti.com/wp-content/uploads/2018/06/2075-4-20.gif)
प्रतिकृयाहरू :
समाचारहरु:
![](https://nepaldrishti.com/wp-content/uploads/2025/02/IMG_9746.jpeg)
भर्खरै प्रकाशित
![](https://nepaldrishti.com/wp-content/uploads/2025/02/IMG_9746.jpeg)
‘यूएसएआईडी’ ले आफ्ना कर्मचारीलाई अमेरिका फिर्ता बोलायो
![](https://nepaldrishti.com/wp-content/uploads/2025/02/IMG_9743.jpeg)
नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको ‘जीएमपी’ प्रमाणपत्र
![](https://nepaldrishti.com/wp-content/uploads/2025/02/IMG_9731.jpeg)
६ महिनामा ७ खर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो
![](https://nepaldrishti.com/wp-content/uploads/2025/02/IMG_9727.jpeg)
विवाहको न्यूनतम उमेर २० वर्ष नै कायम गर्न सरकारलाई आग्रह
![](https://nepaldrishti.com/wp-content/uploads/2025/01/IMG_9714.jpeg)
पुलिसलाई हराउँदै एपीएफले जित्यो एन्फा महिला लिगको उपाधि
![](https://nepaldrishti.com/wp-content/uploads/2025/01/IMG_9711.jpeg)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल माघ १९ गतेदेखि दैनिक ८ घन्टा मात्रै बन्द हुने
![](https://nepaldrishti.com/wp-content/uploads/2025/01/IMG_9710.jpeg)
सुन्तलाखेतीले दोसल्ले गाउँको मुहार फेरियो : ‘बसाइँसराइ राेकियाे, विदेश जान परेन’
![](https://nepaldrishti.com/wp-content/uploads/2025/01/IMG_9705.jpeg)
निरेम प्रोडक्सनको र बीइसी एक्सचेन्जको मूख्य प्रायोजनमा हुन लागेको निरेम साङ्गीतिक उत्सवमा चर्चित गायिका तृष्णा गुरुङ्ग, हिमाल सागर कुवेत आउने भयका छन्।
![](https://nepaldrishti.com/wp-content/uploads/2018/06/35922360_10204864298163303_8836465006120796160_n.jpg)
![](https://nepaldrishti.com/wp-content/uploads/2018/06/3295F428-ACC5-40C8-BC5A-95A66A719A8B.jpeg)