शिक्षकको कुटाइबाट विद्यार्थीको ज्यान गएपछि चार शिक्षकसहित पाँच जना पक्राउ
कञ्चनपुर – शिक्षकको कुटाइबाट विद्यार्थीको ज्यान गएको भन्दै चार जना शिक्षकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका-१७ मझगाउँको महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको उपचारका क्रममा ज्यान गएपछि प्रहरीले प्रधानाध्यापक यशोदा जोशी, शिक्षकहरु दुर्गादत्त पाठक, लक्ष्मण भट्ट, हर्क जाग्री र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरञ्जन प्रसाद बोहरालाई पक्राउ गरेको हो ।
गएको असार १३ गते शिक्षकको कुटाइबाट गम्भीर घाइते भएका कलौनीको टाउको र छातीमा चोट लाग्नुका साथै दायाँ खुट्टा भाँचिएको थियो । उनको उपचारका क्रममा मंगलबार राति भारतको राममूर्ति अस्पतालमा ज्यान गएको हो ।
बालकको ज्यान गएपछि घटनाको अनुसन्धानका लागि प्रधानाध्यापकसहित पाँच जनालाई पक्राउ गरी अनुसन्धान भैरहेको कञ्चनपुरका प्रहरी प्रमुख जनकराज पाण्डेयले बताउनुभयो । त्यस्तै गएको असार १३ गते शिक्षकले कुटपिट गरेको भनिएका कलौनीको १८ गते मात्रै स्वास्थ्य अवस्थाबारे जानकारी आएकाले त्यसबारे पनि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ
विद्यालय बाहिर साथीभाइसँग झैझगडा गरेको विषयलाई आधार बनाएर शिक्षकले कुटपिट गरेको माधवका साथी आयुष विकले बताउनुभयो। साथीभाइसँग झैझगडा गरेको विषयमा अनुशासन सिकाउन दुई थप्पड हानेको शिक्षकले स्वीकार गरे पनि मृतकका आफन्तले भने शिक्षकको कुटाइकै कारण माधवको ज्यान गएको आरोप लगाएका छन् ।
July 11, 2019 12:36 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन