यस्तो अवस्थामा हाडे बदाम झुक्किएर पनि नखानुहोस्
हाडे बदाम एक मसलाको प्रकार हो जुन खानमा स्वादिष्ट हुनुका साथै हाम्रो शरीरका लागि पनि फाइदाजनक हुन्छ । हाडे बदाममा शरीरलाई चाहिने आइरन, पोटाशियम, फस्फोरस, म्याग्नेशियम, भिटामिन इ, एन्टीशक्सिडेन्ट तथा फाइटोस्टेरोल जस्ता पोषक तत्वको सेवनले हाम्रो शरीरलाई स्वस्थ राखेर दुब्ला तथा पातला ब्यक्तिहरुको तौल बढाउनमा मद्दत गरेर ट्युमर र क्यान्सरलाई नियन्त्रण गर्छ ।
बदाममा पाइने पोषणयुक्त फाइबरले पाचन प्रक्रियालाई सक्रिय बनाएर छालामा हुने अत्यधिक तेललाई निकाली छालालाई नरम बनाई चाउरी पर्नबाट जोगाउछ । नियमित बदाम खाँदा अनुहार लगायत शरीरका अन्य भागमा दाग आउँदैन । शरीरमा उचित मात्रामा ब्लड सुगरको मात्रा कायम गरेर हर्ट स्ट्रोक वा मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउन मद्दत गर्छ ।
धेरै जसोले आफ्नो दिमाग तेज बनाउनका निम्ति बदामको सेवन गरेको पाइन्छ । तर, कुनै कुनै अवस्थामा भने बदाम स्वास्थ्यकर हुदा हुदै पनि हाम्रो शरीरमा बिषको काम गरिरहेको हुन्छ । हाम्रो शरीरमा विभिन्न रोग लागेको बेलामा हामीले बदामको सेवन गर्नु उचित हुदैन । र, यसबारे धेरै जसोलाई थाहा नहुने हुदा हामीले अन्जनमा आफुलाई हानी पुर्याईरहेका हुन्छौं ।
यसमा फाइबरको मात्रा धेर हुने भएको कारणले एसिडिटी, अपच तथा ग्यास्ट्रिक भएको बेलामा सेवन गर्नु उचित हुदैन । यसले अझ गम्भीर समस्या उत्पन्न गराउन सक्छ । मोटोपनाको समस्याले चिन्तित हुनु हुन्छ भने बदामको सेवन गर्नु हुदैन । यसमा क्यालरी र फ्याटको मात्रा निकै धेरै हुने भएको कारणले यसले अझ तौल बढाउने गर्छ ।
उक्त रक्त चापको समस्या छ वा उक्तरक्त चाप नियन्त्रण गर्ने औषधिको सेवन गरिरहनु भएको छ भने बदामको सेवन नगरेको नै ठिक हुन्छ । यस्तो समयमा बदामको सेवन गरेमा हाम्रो स्वास्थ्य समस्या अझ बढ्न सक्छ । यदि पित्त थैलीको समस्या वा मृगौला सम्बन्धि कुनै पनि समस्या छ भने यस्तो समयमा बदामको सेवन गर्नु हाम्रो स्वास्थ्यको लागि हानिकारक हुने पाइएको छ ।
स्वास्थ्य छु भनेर नियमित रुपमा धेरै बदामको सेवन पनि गर्नु हुदैन । दैनिक ५ देखि १० ओत सम्म सेवन गर्दा हाम्रो शरीरमा तेस्तो खासै कुनै असर भने देखाउने गर्दैन । दुब्लो हुनुहुन्छ भने बदामको नियमित सेवन गर्नाले हाम्रो तौल नियन्त्रणमा आउने गर्छ । तर, आवश्यकता भन्दा बेसी यसको सेवनले हाम्रो स्वास्थ्यलाई त हानी पुर्याउछ साथै हाम्रो औषधिको बिल समेत बढाउने गर्छ ।
July 11, 2019 2:23 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला