सोलार ऊर्जाबाट उड्ने हवाइजहाज बन्यो
काठमाडौं । विद्युत र पेट्रालियम उर्जाको अर्को विकल्प बन्न थालेको छ, सौर्य उर्जा । घरमा बालिने बत्तिदेखि खाना पकाउने राइस कुकरजस्ता उपकरण समेत सौर्य उर्जामैत्री छन्। यस्तैमा, सौर्य उर्जाबाट चल्ने हवाईजहाजको लागि रूसले लामो समयदेखि प्रयोग गर्दै आएको छ। यसको निमार्ण करिबकरिब अन्तिम चरणमा पुगेको प्राविधिकले जानकारी दिएका छन्। ‘फ्लाइङ ल्याब’ नाम दिइएको उक्त हवाईजहाजको निर्माण र परीक्षण लेतायुस्चाया ल्याबोरेटरीमा भइरहेको छ ।
हवाईजहाजको ‘विंग्स’ करिब २५ मिटर लम्बाइ रहेको छ। सोलार प्यानलहरू जहाजको विंग्स तथा जिउमा जडान गरिएको छ। जहाज पूर्ण चार्ज हुनको लागि एक हप्ता लाग्ने गर्छ। पूर्ण चार्ज भएमा जहाजले पुरा पृथ्वीको चक्कर लगाउन सक्छ। हालसम्म यस जहाजले सत्र सय किलोमिटरको उडान गरेको छ। उक्त विमानले सन् २०२१ सम्ममा विश्व भ्रमण गर्न सक्ने पाइलट फ्योडोर कोनियुकोवले बताए।
July 11, 2019 2:57 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने