अमेरिकामा चराको बच्चाको लागि दुई युवकले यतिसम्म गरे, सर्वत्र भइरहेछ प्रशंशा
उटाह। अमेरिकाको पश्चिमी शहर उटाहको उत्तरी भाग क्लिटनमा दुई साथीहरुले एउटा घाइते चराको बच्चालाई एक्लै ट्याक्सीमा उद्धार केन्द्र पठाएका छन् । अहिले त्यो बच्चा स्वस्थ छ । उद्धार केन्द्रका अध्यक्ष बुज मारथालरले भने ‘यो हाम्रो लागि क्रेजी थियो किनकि एउटा चराको सानो बच्चा ट्याक्सी चढेर हामीसँग आएको थियो ।’ बुजले चराको एक फोटो सामाजिक संजालमा शेयर गरेका छन् ।
टिम र उनका साथीले विकेण्ड पार्टी गरिरहेका थिए । त्यही बेला चराको बच्चा उनीहरुको नजिकै खस्यो । केहीबेर त उनीहरुले केही बुझेनन् किनकि उनीहरुले धेरै नै मदिरा पिएका थिए । उनीहरुले चरालाई उडाउने कोसिस गरे तर चरा उड्न सकिरहेको थिएन । त्यसपछि टिमले चरालाई हातमा लिए र उद्धार केन्द्र फोन गरे । केन्द्रका अधिकारीहरुले भने टिमसँग चरालाई उद्धार केन्द्रसम्म ल्याउन भने । साथमा ढिलो नगर्न पनि सावधान गराए ।
अधिकारीले सावधान गराएपछि दुवै चिन्तित भए किनकि धेरै मदिरा पिएका कारण उनीहरु गाडी चलाउन सक्ने हालतमा थिएनन् । केही समयमा टिमलाई आइडिया आयो कि चरालाई ट्याक्सी बुक गरेर पठाउने । टिमले ट्याक्सी बुक गरे । केहीबेरमै ट्याक्सी आयो । जब टिमले बताए कि उसको यात्रु कुनै मानिस नभइ चरा हो त्यसपछि ड्राइभरले उनीहरुले नशाको हालतमा मजाक गरेको भन्दै बुकिङ रद्द गरिदिए ।
टिमले फेरि प्रयास गरे । यसपटक आएको ट्याक्सीकी ड्राइभर महिला थिइन् । दुवैले उनलाई सम्झाएपछि महिलाले ट्याक्सीमा राखेर चरालाई उद्धार केन्द्र पुर्याइन् । ट्याक्सी उद्धार केन्द्र पुग्दा पहिले त सबै जिल्ल परे त्यसपछि चराको उपचार सुरु गरे । केन्द्रले चरा एक्लै उडेर जान सक्ने भएपछि सही सिजनमा जंगलमा छोड्ने बताएको छ । चरालाई बचाउने टिमको सोचको अहिले सर्वत्र तारिफ भइरहेको छ ।
July 12, 2019 3:14 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने