अमेरिकामा चराको बच्चाको लागि दुई युवकले यतिसम्म गरे, सर्वत्र भइरहेछ प्रशंशा
उटाह। अमेरिकाको पश्चिमी शहर उटाहको उत्तरी भाग क्लिटनमा दुई साथीहरुले एउटा घाइते चराको बच्चालाई एक्लै ट्याक्सीमा उद्धार केन्द्र पठाएका छन् । अहिले त्यो बच्चा स्वस्थ छ । उद्धार केन्द्रका अध्यक्ष बुज मारथालरले भने ‘यो हाम्रो लागि क्रेजी थियो किनकि एउटा चराको सानो बच्चा ट्याक्सी चढेर हामीसँग आएको थियो ।’ बुजले चराको एक फोटो सामाजिक संजालमा शेयर गरेका छन् ।
टिम र उनका साथीले विकेण्ड पार्टी गरिरहेका थिए । त्यही बेला चराको बच्चा उनीहरुको नजिकै खस्यो । केहीबेर त उनीहरुले केही बुझेनन् किनकि उनीहरुले धेरै नै मदिरा पिएका थिए । उनीहरुले चरालाई उडाउने कोसिस गरे तर चरा उड्न सकिरहेको थिएन । त्यसपछि टिमले चरालाई हातमा लिए र उद्धार केन्द्र फोन गरे । केन्द्रका अधिकारीहरुले भने टिमसँग चरालाई उद्धार केन्द्रसम्म ल्याउन भने । साथमा ढिलो नगर्न पनि सावधान गराए ।
अधिकारीले सावधान गराएपछि दुवै चिन्तित भए किनकि धेरै मदिरा पिएका कारण उनीहरु गाडी चलाउन सक्ने हालतमा थिएनन् । केही समयमा टिमलाई आइडिया आयो कि चरालाई ट्याक्सी बुक गरेर पठाउने । टिमले ट्याक्सी बुक गरे । केहीबेरमै ट्याक्सी आयो । जब टिमले बताए कि उसको यात्रु कुनै मानिस नभइ चरा हो त्यसपछि ड्राइभरले उनीहरुले नशाको हालतमा मजाक गरेको भन्दै बुकिङ रद्द गरिदिए ।
टिमले फेरि प्रयास गरे । यसपटक आएको ट्याक्सीकी ड्राइभर महिला थिइन् । दुवैले उनलाई सम्झाएपछि महिलाले ट्याक्सीमा राखेर चरालाई उद्धार केन्द्र पुर्याइन् । ट्याक्सी उद्धार केन्द्र पुग्दा पहिले त सबै जिल्ल परे त्यसपछि चराको उपचार सुरु गरे । केन्द्रले चरा एक्लै उडेर जान सक्ने भएपछि सही सिजनमा जंगलमा छोड्ने बताएको छ । चरालाई बचाउने टिमको सोचको अहिले सर्वत्र तारिफ भइरहेको छ ।
July 12, 2019 3:14 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला