एनसीसी कुवेतको पञ्जिकृत फाराम शुल्क जुलाइ १९ तारिक भित्र बुझाइ सक्नुपर्ने
कुवेत – एनआरएनए एनसीसी कुवेतको पञ्जिकृत सदस्यता फारम भर्ने अन्तिम मिति र शुल्क सम्बन्धमा एनसीसी कुवेतको निर्वाचन समितिले एक सूचना जारी गरि यहि जुलाइ महिनाको १९ तारिक राती १० बजेसम्म पञ्जिकृत शुल्क बुझाइसक्न सम्पुर्ण कुवेतवासी दाजुभाइ तथा दिदीबहिनीहरूलाइ सूचित गरेको छ ।
निर्वाचन अायुक्त शिब कोइरालाद्वारा हस्ताक्षरित सूचना अनुसार गैर आवासिय नेपलाी संघ राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी २ अगष्ट २०१९ शुक्रबारको दिन छैटौं राष्ट्रिय महाधिवेशन हुन गइरहेको हामी सबैमा सर्वविदितै छ । उक्त अधिवेशन प्रयोजनको लागि गठित निर्वाचन समितिले आचार संहिता तथा निर्वाचन कार्यतालिका समेत यस अघि नै प्रकाशित गरी यहि जुलाई महिनाको १९ तारिक राती १० बजेसम्म अनलाइनबाट पञ्जिकृत फाराम भर्न पाउने समय सिमा तोकेको छ ।
यसै वर्षबाट गैर आवासीय नेपाली संघले पञ्जिकृत सदस्यता फाराम अनलाइनबाट भर्नु पर्ने गरी कार्यन्वयनमा ल्याएकोले पञ्जिकृत सदस्यता फाराम पनि धमाधम भर्ने काम भइरहेको छ । यस क्रममा फाराम भर्दा अनलाइनबाट भर्नुपर्ने र फाराम शुल्क नगद बुझाउनु पर्ने भएकोले अधिकांश पञ्जिकृत सदस्यता फाराम भरेका दाजुभाइ तथा दिदीबहिनीहरुको नगद सम्बन्धित ब्यक्तिलाइ प्राप्त नभएकोले फारामको अन्तिम स्वीकृति हुन पाएको छैन ।
तसर्थ अनलाइनबाट पञ्जिकृत फाराम भर्नु भएका सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरुले जो जस मार्फत फाराम भर्नु भएको छ सोही ब्यक्ति मार्फत यहि जुलाई १९ तारिक राती १० बजे भित्र नगद बुझाउनु हुन अनुरोध गर्दै म्याद गुज्रेपछि पञ्जिकृत फाराम अस्वीकृत हुने ब्यहोरा यसै सूचना मार्फत सूचित गरिन्छ ।
July 16, 2019 4:47 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने
टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो