यी सुन्दरी ईनिस्पेक्टरले समातिन राजधानीमा गुण्डागर्दीमार्फत व्यवसायीबाट हप्ता असुल्ने गुण्डालाई, ब्यापारी र स्थानियले केही राहत महशुष
बालुवा सेटिङमा घुस लिएको आरोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ असईसहित ९ जना प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिएपछि कोटेश्वरका हालका इन्चार्ज राजु लामालाई हटाएर इन्सपेक्टर एलिजा गिरीलाई पठाइएको हो । गिरी सो क्षेत्रमा इन्चार्ज भएर पुगेपछि सो क्षेत्रको अहिले छुट्टै रौनक छ । कुनै बेला समाचार वाचिकाको रुपमा काम गरेकी एलिजाले केही म्युजिक भिडियोमा पनि काम गरेकी थिइन् ।
२०७० सालवाट प्रहरीसेवामा प्रवेश गरेकी गिरीको सुन्दरताको पनि चर्चा हुन्छ । राजधानीमा गुण्डागर्दीमार्फत व्यवसायीबाट हप्ता असुल्ने धन्दामा सक्रिय निमा लामा भन्ने राजेन्द्र लामालाई पक्राउ गरेपछि सो क्षेत्रका स्थानियले केही राहत महशुष गरेका छन् । महानगरीय प्रहरी परिसर टेकु काठमाडौंले उनलाई पक्राउ गरेको हो ।
लामालाई काठमाडौंको कोटेश्वरबाट प्रहरी निरीक्षक एलिजा गिरीको कमाण्डमा गएको टोलीले मंगलबार बिहान पक्राउ गरेको हो । फरक क्षेत्रवाट प्रहरी सेवामा प्रवेश गरेकी गिरीले कोटेश्वरमा इन्चार्ज पद सम्हाल्नासाथ पाएको सफलताले उनको चर्चा झन चुलिएको हो । लामाका हरेक अराजक र गैरकानूनी क्रियाकलापबाट आजित बनेका सर्वसाधारणहरूको उजुरीपछि निरीक्षक गिरी एक्सनमा उत्रिएकी हुन् ।
काभ्रेपलाञ्चोक जिल्ला स्थायी घर भएका ‘टोले गुण्डा’ लामाले बानेश्वर, कोटेश्वर र काँडाघारी क्षेत्रका व्यवसायीहरूलाई डर, त्रास र धाकधम्की दिएर महिनावारी उठाउने गरेको उजुरी प्रहरीमा परेको थियो । महिनावारी नदिए मार्नेसम्मको धम्की दिँदै आएका लामालाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको जनाएको छ । ‘टोले गुण्डा’ लामा ०६२ सालमा ज्यान मार्ने उद्योगमा ३ वर्ष जेल समेत परेका थिए ।
July 16, 2019 12:41 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड