२२ महिने यी बाबुका चुडिएको दुईवटा औला मेडिसिटीले जोडेर असंख्या खुशी फर्कायो
काठमाडौ । २२ महिने बालकको मोटरसाईकलको चेनमा परि २ वटै औला चुडिएका थिए । एकै छिनमा दुधे बाबु र आफन्तको खुशी खोसिएको थियो । अब लाग्दैन की भनेर सबैको होस हवास उडेको थियो । कपडामा पोक्याएर दुबै औला लिएर अस्पताल पुगेका थिए । नेपाल मेडिसिटी अस्पतालमा दुईवटा औला नै जोडिएपछि असिमित खुशी छाएको छ
करिव ९ घण्टा लामो शल्यक्रिया पश्चात बालकको चोरी र साइली औला जोडिएको अस्पतालका प्लाष्टिक सर्जन डा. संगम रायमाझीले जानकारी दिए । चोरी औला भनिने इन्डेक्स फिंगर सतहवाट चुडिएको थियो भने माझी तथा साईली औला बिचबाट चुडिएको थियो र रक्तसंचार रोकिइ सकेको थियो । दूर्घटना भएको ५ घण्टा भित्रमै शल्यक्रिया शुरु गरिएको चिकित्सकको भनाई छ । उहाँका अनुसार चोरी औला तल्लो भगवाट चुुडिए पनि अन्य औला भन्दा यो सुरीक्षत रहेको थियो ।
यो कसरी सम्भव भयो
सर्वप्रथम चोरी औलालाई काटियो र रिप्लान्टेसन शुरु गरियो । त्यसपश्चात, औलाको नसा (फ्लेक्जोर टेन्डोन) संग मात्र जोडिएको साइली औलामा रक्तसञ्चार शुरु गरियो । माझी औलाको रक्तनलीमा धेरै चोट लागेकाले सो औलाको भने उपचार हुन सकेन । यो अस्पताल तथा चिकित्सकहरुका निक्कै लागि चुनौती थियो । तर पुरा भयो । जम्मा २२ महिनाको बच्चा भएकाले संरचना निकै सानो रहेको र माइक्रोस्कोपबाट हेरेरनै शल्यक्रिया गर्नुपरेको थियो ।
काटिएको भन्दा पनि पेलिएको घाँउ भएकाले रिप्लान्टेसन कठिन बनेको थियो । तर सबै कुराले साथ दिएकाले सफल भयो । औलाको प्रत्यारोपण दूर्घटना ६ घण्टा भन्दा पछाडि पनि सम्भव रहेको तर त्यसका लागि चिसोमा राखिएको हुनुपर्ने, टुक्रिएको भागलाई सुख्खा झोलामा बन्द गरी चिसो पानीमा डुबाएर अस्पताल पु¥याउनु फाइदाजनक भयो । यस किसिमको उपचार उपलब्ध हुने स्थानबारे समयमै जानकारी हुँदा घाईतेका अभिभावक समयमा नै आइपुगे ।
उपचारमा संलग्न चिकित्सकहरुमा प्लाष्टिक तथा कस्मेटिक सर्जन डा. संगम रायमाझी, एनेस्थेसोलोजिष्ट डा. असिम रेग्मी तथा नर्सहरुमा सज्जा पन्त, सुनिता राई, राधिका खत्री, रबिना चौधरी, रबिना चौधरी, मुना गुुरुङ्ग रहेका थिए । यस किसिमका शल्यक्रियाहरु गर्दा साधारणतया ६ देखि १० घण्टासम्म समय लाग्छ । निकै चुनौतिपूर्ण भएपनि यी शल्यक्रियाहरु विश्वभर रुचाइन्छन् । यसैले अहिले यो चिकित्सक टीमलाई र हराएको खोसिएको खुशी पाएका बाबुलाई दुनियाँभरबाट बधाई दिँदै यो खबर सेयर भइरहेको छ ।
July 17, 2019 12:18 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला