जनप्रतिनिधि हुन् त यस्तो : गाडी किन्ने पैसाले जनताका लागि खानेपानीको ट्यांकर ! पैदल हिड्छन् मेयर-उपमेयर
सर्लाहीको एक नगरपालिकाका मेयर र उपमेयरले गरेको एउटा सानो कामले अहिले उनीहरुको सबैतिर चर्चा भएको छ । जनप्रतिनिधिरु सुविधाभोगी भएको बेलामा मेयर र उपमेयरले गरेको सानो कामले चर्चा पाएको हो ।नगरपालिकाले आफ्नो सुबिधाको लागि गाडी किन्न बिनियोजन गरेको पैसाबाट मेयर र उपमेयरले जनताका सेवाका लागि खानेपानीको ट्यांकर खरिद गरे पछि त्यसको चर्चा भएको हो । सुत्केरी पोषण भत्ताबापत छोरी जन्मिए ५ हजार रुपैयाँ र छोरा जन्मिए ३ हजार रुपैयाँ समेत दिने घोषणा नगरपालिकाले गरेको छ । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापा र उपमेयर लीलाकुमारी मोक्तानले खानेपानीको ट्यांकर किनेपछि जनताका नजरमा हिरो बनेका छन् ।
नगरभित्र पर्ने चुरे क्षेत्रको बस्तीमा देखिएको खानेपानीको समस्या बुझेर उनीहरुले गाडी किन्नुभन्दा खानेपानीको समस्या समाधान गर्नु उत्तम देखे । मेयर थापाले अघि सारेको योजनामा उपप्रमुख लीलाकुमारी मोक्तानले पनि साथ दिएपछि निर्णय भएको हो । उपप्रमुख पनि आफै जस्तो पाएपछि गाडी किन्न आएको २२ लाख रुपैयाँबाट खानेपानीको ट्यांकर खरिद गरे । अहिले त्यही ट्यांकरबाट प्रत्येक दिन नगरबासीले निःशुल्क खानेपानी पाएका छन् । गाडी नकिनेर ट्याङकर किन्ने नगर प्रमुख थापा र उप–प्रमुख मोक्तान दुवै पैदल हिड्छन् ।
नगरभित्रका कार्यालयमा आवत जावत गर्न मोटरसाइकलमा लिफ्ट मागेर हिड्ने गरेका छन् । ‘हामी गाडी चढदै गर्दा कसैले पानी खाएको छैन भने त्यो राम्रो हुँदैन भन्ने लागेर हामीले आफ्नो लागि गाडी होइन, जनताका लागि ट्यांकरमार्फत बस्ती बस्तीमा खानेपानी पुर्याउने काम गरेका छौं, यस्मा जति खुसी अरुमा हुने रहेनछ,’ उपप्रमुख मोक्तानले भनिन् । त्यसो त बागमती नगरपालिकाले गरेको सुत्केरी भत्ता नगरपालिका संघको उत्कृष्ट एक सय कामभित्र पर्न सफल भएको छ । जुन साच्चिकै उदाहरणीय छ ।
July 19, 2019 10:18 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला