नेकपाले विदेश, संगठन र नीति तथा प्रतिष्ठान विभागको नेतृत्व टुंग्यायो
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका महत्वपूर्ण तीन विभाग प्रमुखको टुंगो लगाएको छ। नेकपाले पार्टीमा महत्पपूर्ण मानिने विदेश विभाग, संगठन विभाग र नीति तथा प्रतिष्ठान विभाग प्रमुखको टुंगो लगाएको हो।
पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच ३२ विभाग मध्ये एमाले पक्षलाई १८ र माओवादी पक्षलाई १४ विभागको नेतृत्व दिने सहमति भएसँगै एमाले पक्षले तीन संगठन विभाग प्रमूखको टुँगो लगाएको हो।
पूर्व एमाले पक्षले वरिष्ठ नेता माधवकुमार नेपाललाई विदेश विभाग प्रमुख र अर्का वरिष्ठ नेता झलनाथ खनाललाई नीति तथा प्रतिष्ठान विभाग दिने सहमति गरेको नेकपा स्रोतले जनाएको छ । यसअघि माधव नेपाल तत्कालिन एमालेको पनि विदेश विभाग प्रमुख रहेका थिए।
त्यस्तैगरी नेकपाका प्रभावशाली नेता बामदेव गौतमले पार्टीको मेरुदण्ड मानिने संगठन विभागको नेतृत्व पाउने सहमति भएको छ। नेकपाले अन्य विभागको नेतृत्वबारे छलफल गर्न भोलि साउन ५ गते सचिवालय बैठक डोकेको छ।
July 20, 2019 11:35 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला