यसकारण पक्राउ परे कम्युनिष्ट नेता माइला लामा ! पढ्नुहोस्
काठमाडौ । सरकार र विप्लवबीच वार्तामा चर्चा भइरहेको समयमा विप्लव समुहका एक चर्चित अनुहार पक्राउ परेका छन् । प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पक्राउ गरेको हो ।
विप्लवनिकट श्रोतका अनुसार लामालाई प्रहरीको एक टोलीले राजधानीको काँडाघारीबाट पक्राउ गरेको हो । विप्वलवपक्षले पनि यसको पुष्टि गरेको छ । महानगरीय अ पराध महाशाखाका प्रमुख सहकुल थापाले लामा पक्राउको पुष्टि गर्दै उनलाई काँडाघारीबाट शनिबार राति १२ बजे हिरासतमा लिइएको बताए । प्रहरीले लामासँगै विप्लवका अर्का कार्यकर्ता रेशम तामाङलाई पनि हिरासतमा लिएको छ ।
लामामाथि केही महिनायता उपत्यकाको नख्खु अनामनगर र घट्टेकुलोमा भएका बम वि स्फोटनका घटना गराउन निर्देशन दिएको आरोप लगाइएको थियो । उपत्यकामा भएका विस्फोटमा ५ जना भन्दा धेरैले ज्यान गुमाएका थिए ।
फागुन १० गते नख्खुस्थित एनसेलको कार्यालयमा भएको वि स्फोटमा एकजना मारिएका थिए भने घट्टेकुलो, सुकेधारामा जेठ ५ गते भएको वि स्फोटमा ५ जनाले ज्यान गुमाएका थिए । जेठमा भएको वि स्फोटपछि प्रहरीले लामाको खोजी गरिरहेको थियो । घटनालगत्तै प्रहरीले राजधानीबाट विप्लवका ४ जना कार्यकर्ता समातेको थियो ।
प्रहरीले खोटाङका मोतिधन राई, रोल्पाका भूपेन्द्र घर्ती, मोरङकी विन्दुकुमारी कुइँकेल र रुकुमकी सन्ध्यादेवी पुनलाई पक्राउ गरे पनि लामा फरार थिए । पक्राउ परेकाले लामाको नाम लिएका थिए । लामा १० वर्षे जनयु द्धका क्रममा गम्भीर घाइते भएका थिए । उनी राम्ररी सुन्न सक्दैनन् भने आँखा पनि कमजोर छन् । जनयु द्धका क्रममा चर्चित सांस्कृतिक कलाकार उनी पनि थिए ।
July 21, 2019 1:14 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड