

फाइदा मात्र होइन, कागतीका बेफाइदा पनि छन्

कागती मानव स्वास्थ्यका लागि निकै लाभदायी फल हो । कागतीमा उच्च मात्रामा पानी हुनुका साथै क्याल्सियम, आइरन, कपर, सोडियम, म्याग्नेसियम, फोस्फोरस र पोटासियम जस्ता खनिज र फोलेट, भिटामिन ए, इ र के लगायतका धेरै पौष्टिक तत्वहरु पाईन्छ । मानिसलाई दैनिक चाहिने ’भिटामिन सी’को ३२ प्रतिशत कागतीबाट प्राप्त गर्न सकिन्छ । यसले तौल नियन्त्रण गर्ने देखि लिएर, शरीरको कमजोरी हटाउन, रक्तसञ्चारसँग जोडिएका समस्या, आँखाको समस्याबाट तथा क्यान्सर लाग्न नदिन सम्ममा मद्दत गर्दछ ।
हरेक कुराको फाइदा संग संगै बेफाइदा पनि हुने गर्छ । कागतीले हाम्रो शरीरमा निकै योगदान गरेपनि यसको सेवनले हाम्रो शरीरमा बेफाइदा समेत पुर्याउने गरेको पाइएको छ । कागतीमा अधिक मात्रामा पाइने भिटामिन ’सी’ र साइट्रिक एसिडका कारणले यसको अत्यधिक सेवनले हाम्रो शरीरलाई नकारात्मक असर पनि पर्न जान्छ । दैनिक र नियमित कागती वा अमिलोको अत्याधिक सेवन गर्दा हाम्रो पेट खराब हुन सक्छ ।
कागतीमा पाइने एसिडलाई हाम्रो पेटले त्यसलाई पचाउन सक्दैन जसकारण पेट दुख्ने, उल्टि आउने सम्भावना बढेर जान्छ । कागतीमा हुने सिट्रसले दाँतलाई असर गर्छ । धेरै मात्रामा कागतीको सेवन गर्नले दाँत कुँडिने तथा झन्झनाहट हुने समस्या आउन सक्छ । त्यसैले, कागती पानी पिउने गर्दा जहिले पनि स्ट्रले पिउने गर्नु पर्छ । कागती पानीले शरीरको पानीलाई निस्कासन गर्न मद्दत गर्छ
कागती धेरै खादा हामीलाई पिसाब धेरै आउने गर्छ जसले गर्दा हाम्रो शरीरमा पानीको कमी हुन जान्छ र डिहाइड्रेसन हुन्छ । कागतीलाई हामीले अनुहारको सुन्दरताको लागि प्रयोग गर्ने गर्छौं तर कागतीको अत्यधिक प्रयोगले गर्दा हाम्रो छालामा सनबर्नको समस्या समेत हुन सक्छ र हाम्रो छाला कालो हुन जान्छ । कागतीमा अक्सलेट भन्ने तत्व पनि पाइन्छ जसको धेरै सेवनले शरीरमा गएर पत्थर बन्ने सम्भावना हुन्छ ।
यस्तो क्सलेटले मिर्गौला र पित्ताशयको थैलीमा गएर स्टोनको रुप समेत लिन सक्छ र हामीलाई पथरीको समस्याले सताउन सक्छ । पर्याप्त मात्रामा एमिनो एसिड भएको कारणले गर्दा कागतीको नियमित रुपमा धेरै सेवन गर्नाले लगातार टाउको दुख्ने र माइग्रेनको समस्या पनि हुन सक्छ । यसले हाम्रो दिमागमा रक्तप्रवाहलाई तेज बनाएर टाउको धेरै दुख्ने तथा माइग्रेनलाई निम्त्याउन सक्छ ।
July 23, 2019 12:39 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

