आकाशबाट खस्यो अनौठो ढुङ्गा, अनुसन्धानपछि खुल्यो यस्तो रहस्य
एजेन्सी। पृथ्वीमा समय समयमा अनौठो घट्नाहरु घटिरहेका हुन्छन्। कतिपय चकित पार्ने हुन्छन् भने कतिपय सामान्य हुन्छन्। अहिलेको आधुनिक समयमा वैज्ञानिकहरुले पृथ्वी र पृथ्वी बाहिरको विभिन्न कुराहरुको अध्ययन तथा खोज गरिरहेको छ।पृथ्वीभित्र र बाहिर हुने साना–साना प्राकृतिक घट्नाहरु पनि वैज्ञानिकहरुका लागि निकै महत्वपूर्ण हुन्छ। यसै क्रममा भारतको बिहारस्थित मधुबनीमा एउटा रोचक घटना घटेको छ।
भारतीय एक संचार माध्यम पत्रिका नामक अनलाइनमा आकाशबाट मधुबनी भन्ने ठाउँमा ढुङ्गा खसेको समाचार प्रकाशन गरिएको छ। उक्त संचार माध्यमका अनुसार १५ किलो तौल रहेको उक्त ढुङ्गा जमिनमा खस्दा त्यहाँको जमिन तातिएको थियो।
पछि ढुङ्गालाई प्रशासनले अनुसन्धानको लागि लगेको र चेकजाँच गर्दा ढुङ्गामा फलामको अवशेष फेला परेको बताइएको छ। चुम्बक अगाडि लग्दा ढुङ्गामा टासिन गएको समाचारमा उल्लेख गरिएको छ। साथै सो ढुङ्गा अर्को ग्रहको टुक्रा वा उल्का पिण्ड हुन सक्ने समेत अनुमान गरिएको छ।प्रशासनले लानु अघि ढुङ्गालाई त्यहाँका गाउँलेले फूल चढाएर पूजा समेत गरेको जनाइएको छ।
July 26, 2019 11:08 am | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला