

यौन सक्रिय मानिसहरुको रोग प्रतिरोधी क्षमता राम्रो हुने

रोग प्रतिरोधी क्षमता जति राम्रो भयो, उति नै हाम्रो शरीर निरोगी हुन्छ । यस अर्थमा सबैको इच्छा र चाहना आफ्नो रोगप्रतिरोधी क्षमता राम्रो होस् भन्ने नै हुन्छ । यसे मेसोमा विभिन्न वैज्ञानिक अध्ययनहरुले के देखाएको छ भने सक्रिय यौन जीवन बिताइरहेको मानिसहरुको रोगप्रतिरोधी क्षमता राम्रो हुने गर्छ ।ती अध्यनहरुले देखाए अनुसार हप्ताको एकाध पटक सक्रिय यौन जीवन बिताउने मानिसहरुको रोगप्रतिरोधी क्षमतामा राम्ररी अभिबृद्धि हुने गर्छ । कतिसम्म भने, त्यस किसिमको यौन सक्रियताले पुरुषको मुटु स्वस्थ रहने र तिनमा हृदयघात हुने सम्भावना ५० प्रतिशत नै घटेर जान्छ ।
अध्ययनले देखाएअनुसार आधा घण्टाको सक्रिय यौनक्रियाले एउटा व्यक्तिमा २०० क्यालोरीसम्म उर्जा खर्च हुने गर्छ । जसको फलस्वरुप, उनीहरुमा हृदयघात हुने सम्भावना कम भएर जान्छ । वास्तवमा, यौन क्रियाकलापको दौरानमा शरीरमा इन्ड्रोफिन हर्मोन निस्काशित हुन्छ । यो हर्मोनले मानिसलाई शान्त रहन र राम्ररी सुत्न समेत मद्दत गर्छ । फलतः हाम्रो शरीर स्वतः स्वस्थ रहन पाउँछ । नियमित यौनक्रियाकलापले महिलाको गर्भाशय स्वस्थ रहन तथा महिनावारीको बेला हुने पीडा, बाथ तथा अन्य सामान्य दुखाइहरुलाई समेत कम गर्न मद्दत पुग्ने अध्ययनहरुले देखाएको छ ।
July 26, 2019 11:41 am | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

