जानी राखौं : मानिस मर्नु भन्दा अघि देखा पर्ने १२ पुर्व संकेतहरु यस्ता छन !
जीवन र मृत्युलाई लिएर मानिसहरु प्रायजशो चिन्तित रहने गरेका छन् ।विज्ञानले पनि मृत्युको विकल्प दिन सकेको छैन । तर हिन्दु धर्मका देवता शिवले शिवपुराणमा मृत्यु वारे यस्ता कुरा भनेका छन् जसले मृत्यु हुन भन्दा अगाडी देखा पर्ने पुर्वसंकेतहरु बारे छन्। शिवपुराणमा शिव ले पार्वतीलाई मृत्युको सम्बन्धमा केहि विशेष पुर्व संकेतहरु बताएका छन् जस मार्फत कति समयमा कुनै मानिसको मृत्यु हुन्छ भन्ने बारे सामान्य सचेत हुन सकिन्छ ।
यस्ता हुन्छन् मृत्यु पुर्व देखिने मानव शरीरमा देखा पर्ने संकेतहरु
शिवपुराण अनुसार जुन मानिसलाई ग्रहको दर्शन भएर पनि दिशाको ज्ञान हुँदैन, मनमा बेचैनी भैरहन्छ तब त्यस्ता मानिसको मृत्यु ६ महिना भित्र हुनेछ । जुन व्यक्तिलाई अचानक निलो झिंगाले आएर घेर्छ भने उसको आयु एक महीनामात्र बाँकी छ भन्ने बुझे हुन्छ ।
शिवपुराणमा भगवान शिवले भनेका छन् की जुन मनुष्यको शिरमा गिद्ध, काग र परेवा आएर बस्छन्, त्यो व्यक्ति एक महिना भित्र मर्नेछ । त्यस्तो शिवपुराणमा बताईएको छ । यदि अचानक कुनै व्यक्तिको शरीर सेतो या पहेंलो हुँदै गयो र रातो निशानहरु देखा पर्यो भने हामीले त्यो मानिसको मृत्यु ६ महिना भित्र हुनेछ भनेर बुझ्न सक्छौं ।जुन व्यक्तिको मुख,कान,आँखा, र जिव्रोले ठिक संग काम गरेको छैन भने शिवपुराणमा भनिए अनुसार त्यो व्यक्तिको मृत्यु ६ महिना भित्र हुनेछ ।
जुन मानिसले चन्द्रमा र सुर्यको आसपासको चमकिलो घेरालाई कालो र रातो देख्छन् भने त्यो मानिसको मृत्यु १५ दिन भित्र हुनेछ । त्रिदोष (वात, पित्त, कफ)मा जसको नाक बग्न थाल्छ, उसको जीवन १५ दिन भन्दा बढी टिक्दैन । यदि कुनै व्यक्तिको मुख र घाँटी पटक पटक सुक्न थाल्छ भने त्यो व्यक्तिको आयु पनि ६ महिना भन्दा लामो हुनेछैन।
जब कुनै व्यक्तिलाई पानी, तेल,घ्यु तथा ऐनामा आफ्नो अनुहार देखिदैन भने त्यो व्यक्ति ६ महिना भन्दा बढी बाँच्दैनन् भन्ने बुझ्नुपर्छ । यदि कसैले आफ्नो छायाँलाई टाउको बाहेक र आफ्नो छाया नै देख्दैनन् भने त्यस्ता व्यक्ति एक महिना पनि बाँच्न सक्दैनन्।
जब कुनै मानिसको देव्रे हात लगातार एक हप्ता सम्म झनझनाउँदै जान्छ तब त्यस व्यक्तिको आयु केवल १ महिना मात्र बाँकी छ भन्ने बुझुनुपर्छ । यदि सबै अंगमा झन्झानाउन थाल्छन् या सबै अंगमा अफ्ठ्यारो महसुस हुन थाल्छ, तालु सुक्न थाल्छ भने त्यो व्यक्ति मुस्किलले एक महिना मात्र बाच्न सक्नेछ । जुन व्यक्तिलाई ध्रुव तारा अथवा सूर्यमंडलको ठिक संग दर्शन हुँदैन । रातमा इंद्रधनुष र दिउँसोमा उल्कापात भएको देखापर्छ तथा गिद्द र कागले घेरेको जस्तो महसुस हुन्छ तब त्यो व्यक्तिको पनि आयु मुस्किलले ६ महिना भन्दा बढी हुनेछैन भनेर शिवपुराणमा बताईएको छ ।
जुन व्यक्ति अचानक सूर्य र चन्द्रमालाई राहुले ग्रस्त भएको देख्नेछ (चन्द्रमा र सुर्य कालो भएको देख्नु )र सम्पूर्ण दिशा घुमिरहेको देख्न थालिन्छ भने त्यो व्यक्तिको मृत्यु ६ महिना भित्र हुनेछ ।
शिवपुराण अनुसार जुन व्यक्ति हरिणको पछी पछी हुने शिकारिहरुको भयानक आवाजलाइ तुरुन्त सुन्न सक्दैनन् (जस्तै बाघ/सिंह ) त्यस्ता व्यक्तिको मृत्यु ६ महिना भित्र हुनेछ । शिवपुराण अनुसार जुन व्यक्तिलाई आगोको ज्योति राम्रो संग देखिदैन र चारै तिर अन्धकार मात्रै देखिन्छ तव उसको जीवन पनि ६ महिना भन्दा लामो समय टिक्दैन
July 26, 2019 1:21 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला