नेपालकै यो ठाउँमा छ विदेश जाने पुरुषको श्रीमती भगाए ५ लाख जरिवाना तिर्नेपर्ने नियम
काठमाडौं । अहिले नेपालमा बढ्दो बेराजगारीले युवा पुस्तालाई विदेश पठाइरहेको छ । यो बीचमा वैदेशिक रोजगारीले धेरैको दाम्पत्य जीवनमा धोका दिने गरेको पनि छ । तर पाँचथरको प्रङबुङ गाविसमा विवाहलाई लिएर दुई वर्ष अघि गाउँलेले बनाएको नियम अहिले पनि जारी छ । वैदेशिक रोजगारीका लागि श्रीमान विदेशिने क्रमसँगै श्रीमतीले अनैतिक कार्य गर्ने गरेकाले समाजमा विकृति भित्रिएको भन्दै स्थानीयले अर्काकी श्रीमती लैजानेलाई ५ लाख जरिवाना तिर्ने पर्ने नियम बनाएका थिए जुन अहिले पनि चलनमा छ ।
अर्काकी श्रीमती लैजानेलाई तत्काल सभा बसेर स्थानीयले ५ लाख रुपैयाँ तिराउँछन् । सो रकम पीडित श्रीमानका लागि राहात हुने स्थानीयको भनाई छ । तर पछिल्लो समय यस्ता नियमले समेत समस्याको समाधान गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयमा गत वर्ष दर्ता भएका मध्ये आधाजसो मुद्दा श्रीमान श्रीमतीबीचको बेमेलसँग सम्बन्धित छ । २० वटा सोही प्रकृतिका मुद्दामध्ये ९ मा श्रीमान विदेशिएपछि असमझदारी देखिएको छ ।
July 27, 2019 3:00 pm | रोचक
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१० साना दलले बनाए चार गठबन्धन
रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति : कुलमान घिसिङ उपसभापति रहने
सात बुँदे सहमतिपछि रास्वपा र बालेन समर्थक उत्साहित
निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
अब २ दिनभित्रै राहदानी उपलब्ध गराइने
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदन : जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जामा व्यापक सुधारको सिफारिससम्म
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने