नेकपा केन्द्रीय सचिवालय बैठक : यस्ता महत्वपूर्ण निर्णय लिने
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आज अपराह्न बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नेताहरुको कार्य विभाजन टुंगो लगाउने बुझिएको छ । ३२ वटा केन्द्रीय विभागसहित जनसंगठनका इञ्चार्ज र सहइञ्चार्जपछिका पदाधिकारीहरुका बारेमा छलफल गर्ने बताइएको छ ।अहिले सर्वाधिक चर्चा र विवादमा रहेको स्कुल विभागसहित सबै विभागको प्रमुखका बारेमा बैठकमै छलफल गर्ने सहमति भएको एक नेताले बताए । स्कुल विभागमा ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको दाबी परेपछि नेकपाले जिल्ला इञ्चार्ज टुंगो लगाए पनि विभाग प्रमुखहरु टुंग्याउन सकेको छैन । स्कुल विभागको विवाद भने इगोका रुपमा बढेको र व्यक्तिगत तहमा आरोप प्रत्यारोप भएको भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले शनिबार पनि बीचको बाटो खोज्न छलफल गरेका थिए । विवाद बढिरहे तत्काल सो विभागको प्रमुख कसैलाई नबनाइ अध्यक्षहरुले नै राख्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।
अध्यक्ष र महासचिवले कुनै विभाग नलिने समझदारी रहे पनि स्कुल विभागलाई विवादित बनाइएपछि यो विकल्पमा छलफल भएको हो । यद्यपि, आज बस्ने सचिवालय बैठकमा अन्य विकल्पमा समेत छलफल हुने एक नेताले बताए । सचिवालयकै सदस्यमध्ये झलनाथ खनालले सो विभाग आफूलाई दिए स्वीकार गर्ने बताइसकेका छन् । नेकपाले राजधानी विशेष प्रदेश कमिटी गठनका बारेमा पनि गृहकार्य गरेको छ । राजधानी काठमाडौंमा रहेका मजदुर,युवा विद्यार्थी, पेशागत जिल्ला कमिटीहरूलाई नेतृत्व गर्ने गरी विशेष प्रदेश कमिटी गठन हुने भएको छ । यसको नेतृत्व कसले गर्ने भन्ने टुंगो लागेको छैन ।
आयोग र परिषदमा को–को ? : यसैबीच, अनुशासन आयोग, लेखा परीक्षण आयोग, निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद् र जेष्ठ कम्युनिस्ट मञ्चको पनि सम्भवतः सचिवालय बैठकले आजै घोषणा गर्नेछ । तीनवटा आयोगमध्ये दुई अध्यक्ष पूर्वएमाले र एउटा पूर्वमाओवादीले पाउने समझदारी भएको छ । यी आयोगका अध्यक्ष पार्टीको पदेन स्थायी कमिटी सदस्य हुन्छन् । अनुशासन आयोगमा अमृत बोहोरा र लेखा परीक्षण आयोगमा डा. पुष्प कँडेल प्रस्तावित छन् भने निर्वाचन आयोगको अध्यक्षमा अमिक शेरचनको नाम प्रस्ताव गरिएको छ । त्यस्तै, सल्लाहकार परिषदको अध्यक्षमा केशव बडाल र जेष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाई प्रस्तावित छन् । बडाल पूर्व एमाले हुन् भने प्रसाई पूर्व माओवादी हुन् ।
July 28, 2019 12:17 pm | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला