

सोयाबिनले हाम्रो शरीरमा ल्याउने हानी, यस्ता अवस्थामा भुलेर पनि खान हुँदैन

सोयाबिनलाई मासुको विकल्पमा प्रयोग गरिने पाइन्छ । दुध, अण्डा र मासुमा भन्दा धेरै प्रोटिन र पोषक तत्व पाइने हुनाले शाकाहारीहरुले धेरै जसो सोयाबिनलाई तरकारीको रुपमा प्रयोग गरेको पाइन्छ । सोयाबिनमा प्रोटिनका साथै ‘भिटामिन बी’, ‘भिटामिन ई’, ओमेगा ३, ओमेगा ६, फाइबर को मात्रा प्रचुर मात्रामा हुन्छ । यसको प्रयोगले शरीरमा उर्जा प्रदान गर्नुका साथै शरीरको विभिन्न रोगहरुलाई समेत भगाउन मद्दत गर्छ ।
यसको सेवनले हाम्रो शरीरमा एमिनो एसिडको कमी पुरा गर्नुका साथै हाम्रो दिमाग, नङ, कपाल, दाँत तथा हड्डीलाई पनि बलियो राख्दछ । यसको सेवनले हामो रगतलाई सफा राख्नुका साथै एस्ट्रोजन हर्मोनले अनुहारमा भएको दाग र चाउरिपनाबाट छुटकारा दिन्छ । यसले हाम्रो शरीरको कमजोरी हटाएर हामीलाई एनेमियाका साथै विभिन्न प्रकारको क्यान्सर समेत हुन दिदैन ।
तर, हरेक कुराको फाइदा संग संगै बेफाइदा पनि हुने गर्छ । हाम्रो शरीरमा चाहिने भन्दा प्रोटिनको मात्रा धेरै भएको खण्डमा हाम्रो शरीरको सन्तुलन बिग्रन गइ हामीलाई धेरै रोगहरु समेत लग्न सक्छ । मृगौला सम्बन्धि रोग वा कुनै समस्या भएको खण्डमा सोयाबीनको सेवन नगरेको राम्रो । मृगौलाले शरीरमा भएको प्रोटिनलाई पनि फिल्टर गर्नु पर्ने हुदा शरीरमा एकैपटक धेरै मात्रामा प्रोटिनको प्रवेश हुदा मृगौलामा भार पर्न गइ मृगौला समेत फेल हुने सम्भावना हुन्छ ।
सोयाबीनमा पाइने एमिनो एसिडले शरीरको थाइराइडसँग जोडिएको थाइरोक्सिन हर्मोनलाई प्रभावित गर्ने गर्छ । शरीरमा थाइरोक्सिन हर्मोनको मात्रामा कमी वा वृद्धि हुदा यसले थाइराइड रोगलाई बढाउने गर्छ । त्यसकारण, थाइराइडका बिरामीले सोयाबीनको सेवन गर्नु उचित मनिन्दैन । यसको नियमित सेवनले स्तन क्यान्सरको जोखिम बढाउने गर्छ
सोयाबिनमा ट्रान्स फ्याटको मात्रा निकै कम हुने भएकोले यो हाम्रो मुटुका लागि राम्रो मानिँदैन । यसले हाम्रो शरीरमा रगतको चाप बढाउने काम गर्नुका साथै यसले विभिन्न मुटुजन्य रोगहरु निम्त्याउने गर्छ । सोयाबीनमा पाइने एमिनो एसिडले पेटमा हुर्किरहेको शिशुको विकासलाई रोक्ने काम गर्ने हुदा गर्भवती महिलाहरुले सोयाबिनको सेवन गर्नु उचित हुँदैन ।
July 28, 2019 12:33 pm | स्वास्थ्य
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित

जेन जी’ प्रदर्शन : १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाकाे उपचार चल्दै

कुवेतस्थित नेपाली दूतावासमा नयाँ द्वितीय सचिवको कार्यभार प्रारम्भ

आज अन्तर्राष्ट्रिय परोपकार दिवस

प्रेस विज्ञप्ती (महेश पक्ष)एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

३० गतेदेखि १ सय ११ ठाउँमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन हुने

वीरगञ्जमा अहिलेसम्म १ सय ३६ जनामा हैजा सङ्क्रमण

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

