दोहामा नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको १३ औं स्थापना दिवस मनाइयो ।
दोहा, कतार । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको “१३ औं स्थापना दिवस कार्यक्रम २०१९” महासंघ कतारका अध्यक्ष शिव कुमार भुजेल ज्युको अध्यक्षता ,विशेष सल्लाहकार सियाराम चौधरीको प्रमुख आतिथ्यमा , सल्लाहकारहरुको विशेष आतिथ्य र विभिन्न मातृ सस्थाहरुको आतिथ्यमा दोहा स्थित द गोर्खा रेस्टुरेण्टमा अत्यन्तै सौहार्द्द वातावरणमा सभ्य र भव्य रुपमा आज मिति २६ जुलाई २०१९ शुक्रवारका दिन सम्पन्न भएको छ ।

कार्यक्रममा महासंघ कतारमा आबद्ध १० वटा जातीय संस्थाहरुले सहभागिता जनाएका थिए । किरात याक्थुम चुम्लुङ कतार, तमु (गुरुङ) समाज कतार, किरात राई यायोक्खा शाखा कतार, नेपाल प्रवासी तामाङ्ग सेवा समाज कतार, थारु कल्याणकारी सभा च्याप्टर कतार, सुनुवार सेवा समाज शाखा कतार, प्रवासी भुजेल समाज कतार, नेवा पुःच कतार, माझि सेवा समाज कतार, नेपाली धानुक समाज कतार र नेपाल सेर्पा किदुग दोहा कतारको उपस्थिति रहेको थियो ।

बिगतमा रक्तदान जस्ता विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गर्दै आएको महासंघ कतारले १३ औं स्थापना दिवस आज एक औपचारिक कार्यक्रम गरि मनाएको छ र अन्त्यमा, आदिवासी जनजाति महासघ कतारका अध्यक्ष शिवकुमार भुजेलले कार्यक्रममा उपस्थित सम्पुर्ण मातृसंस्था लगायत कतारमा स्थापित अन्य संघ–संस्थाहरुको प्रतिनिधित्व गर्दै कार्यक्रममा एकबद्धता जनाउनु हुने सम्पूर्ण संस्था प्रमुख तथा प्रतिनिधिहरु र सामाजिक व्यक्तित्वहरुप्रति धन्यवाद व्यक्त गरेका थिए ।
शंकरमान राई
महासचिव
किरात राई यायोक्खा शाखा कतार ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन