Monday 2nd February 2026

उदिम राईको गीति एल्बम “तिम्रो एक्लो निर्णयले” सार्बजनिक (भिडियो सहित)

8 years अगाडी

राजु बोहरा
काठमाडौँ – नेपाली सुगम संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल उदिम राईको २०६९ साल मा नै सार्बजनिक भएको गीति एल्बम “तिम्रो एक्लो निर्णयले” भित्र समाबेस गीतहरुको क्रमस म्युजिक भिडियो सार्बजनिक हुने क्रम रहेको छ । केहि बर्ष अगाडिको सांगीतिक बजारमा गीत हेर्न भन्दा पनि सुन्नमा संगीत पारखीहरु आकर्षित हुने गर्दथ्ये भने पछिल्लो समय प्रब्रिद्धिको बिकासको कारण सुन्नमा भन्दा हेर्नमा बढी आकर्षित हुने गरेका छन् ।

यसैलाई मध्यनजर राख्दै बिगत पांच बर्ष अगाडी नै सार्बजनिक गरिएको गीति एल्बम “तिम्रो एक्लो निर्णयले” बाट बिभिन्न गीतहरुको म्युजिक भिडियो निर्माण गरेर बजारमा पठाउने क्रम जारी रहेको गायक उदिम राईले बताएका छन् । उनको उक्त एल्बम बाट पछिल्लो पटक सार्बजनिक भएको गीत, एल्बम कै शिर्ष गीत हो । यस गीतमा उदिम राइको सुमधुर स्वर रहेको छ भने शब्द भाबेश भुमरी र संगीत अबिदको रहेको छ ।

निकै मन छुने र आकर्षक ढंग बाट तयार पारिएको भिडियोमा हेम्मन गेष र लक्ष्मी राइको अभिनयले पनि गीतलाई थप आकर्षक प्रदान गरेको छ । भिडियोलाई निर्देशन हिकेस राईले गरेका हुन् भने छायाँकन तथा सम्पादन तिलक रिजाल ले गरेका छन् । गीतको अडियो तथा भिडियोको कपिराइट्स सर्वाधिकार एकता म्युजिकलाई रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।
https://www.youtube.com/watch?v=SotEYSPcsCA&feature=share

          July 8, 2018 12:48 am | भिडियो,संगीत


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...