‘हेग लगेर मलाई केही फरक पर्ने वाला छैन, हेग लगे भने त म झन विश्वकै हिरो भएर निस्कन्छु’ –प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई अन्तराष्ट्रिय अदालतमा पुर्याइएपनि केही फरक नपर्ने बताउनुभएको छ । आफूलाई हेग लैजाने र एक दिन भएपनि जेल हाल्ने भनेर गरिएको प्रचार डिजाइन अनुसार भएको दाबी गदै उहाँले भन्नुभयो,–‘हेग लगेर मलाई केही फरक पर्ने वाला छैन, हेग लगे भने त म झन विश्वकै हिरो भएर निस्कन्छु ।’सोमबार ललितपुरस्थित आफ्नै निवासमा विप्लव समूह छाडेर आएका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले लोकातान्त्रिक गणतन्त्र ल्याउने पार्टी, त्यसका नेताहरुलाई बदनाम गर्न पाइयो भने यसलाई उल्ट्याउन सकिन्थ्यो भनेर आजभोलि अलि बढी फोकस गरेर आफूहरु विरुद्ध षडयन्त्र र प्रचार गर्ने प्रयास भएको बताउनुभयो ।
अन्तर्राष्ट्रिय अदालतमा लगेर प्रचण्डलाई झुण्ड्याउने भनेर प्रचार गर्दै केही हिँडेको भन्दै प्रचण्डले परिवर्तन नचाहने तत्वको काम भएको टिप्पणी गरे ।गर्नुभयो ।उहाँले भन्नुभयो,–‘हेग लगे संसारभरिका जनताले आफूलाई यो त न्यायको पक्षमा रहेछ, शान्तिको पक्षमा रहेछ भनेर मलाई एकैपटक चिन्छन्। त्यो मेरो लागि गर्वको कुरा हुन्छ तर ’ मलाई यिनीहरुले लान्छन् र विश्वको हिरो बनाउँछन् भन्ने लाग्दैन ।’लोकतन्त्र र संघीय गणतन्त्र रहँदासम्म कोही कमजोर नहुने उहाँको भनाइ थियो । देश र जनतालाई माया गर्नेहरु एक ठाउँमा जम्मा भएर यसको रक्षा गर्नुपर्ने प्रचण्डले बताउनुभयो ।
July 30, 2019 7:05 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने