निर्दयी आमाले बच्चा जन्माएर मकैबारीमा फालिन्, प्रहरीले यसरी गर्यो जिवितै उद्दार (स्थलगत भिडियो हेर्नुस्)
एक निर्दयी आमाले जन्माएर मकैवारीमा फालेको शिशुलाई प्रहरीले जिवितै उद्दार गरेको छ । बिहीबार बिहान ११ बजेतिर काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ को ओसिस पार्टी प्यालेस नजिकैको मकैबारीबाट बच्चा रोइरहेको आवाज सुनेपछि गएर हेर्दा जिवित शिशु देखेर प्रहरीलाई खबर गरिएको थियो । स्थानीय रामा श्रेष्ठले शिशुलाई मकैबारी भित्र देखेकी थिइन् । उनले मकैबारीको बीचमा सालनालसहितको बालक देखिइन् । तत्काल प्रहरीको १०० मा फोन गरेर सबै सुनाइन् ।
प्रहरीको गोर्कण बिटबाट सई रामेश्वर खड्कासहितको टोली बालक भेटिएको स्थानमा पुग्यो । प्रहरीले बेवारिशे अवस्थामा फालिएका शिशुको उद्धार गरी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा लग्यो । अहिले अस्पतालको एनआइसियुमा राखेर शिशुको उपचार भइरहेको छ । डाक्टर सत्यम रिमाल नेतृत्वको टोली शिशुको उपचारमा खटिरहेको छ । अस्पतालले दिएको जानकारीअनुसार शिशु स्वास्थ्य स्थिर छ ।
‘अस्पताल ल्याउँदा शुरूमा उनलाई श्वासप्रश्वासमा केही समस्या देखिएको थियो,’ अस्पताल स्रोत भन्छ, ‘अहिले उनी स्वस्थ छन् ।’ २ किलो २० ग्राम तौलका ती शिशुलाई मकैबारीमा कसले फाल्यो भन्ने खुल्न सकेको छैन । घटनाबारे सुक्ष्म रूपमा अनुसन्धान अघि बढाएको बौद्ध प्रहरीका डिएसपी नरेन्द्र चन्दले जानकारी दिएका छन् । बुधबार राति कसैले शिशुलाई मकैबारीमा फालेको हुन सक्ने उनको अनुमान छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी शैलेश थापा क्षेत्रीका अनुसार यसरी भेटिएका बालकहरूको स्वास्थ्यलाई ध्यानमा दिएर अस्पतालमा नै राखिन्छ । स्वास्थ्य ठीक भए उनीहरूलाई अस्पतालबाट डिस्चार्ज गरी सुरक्षित स्थानमा सारिन्छ । अभिभावक एकिन नभए संरक्षण गर्ने संस्थामा हस्तान्तरण गरिने जनाइएको छ ।
July 30, 2019 7:41 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला