निर्दयी आमाले बच्चा जन्माएर मकैबारीमा फालिन्, प्रहरीले यसरी गर्यो जिवितै उद्दार (स्थलगत भिडियो हेर्नुस्)
एक निर्दयी आमाले जन्माएर मकैवारीमा फालेको शिशुलाई प्रहरीले जिवितै उद्दार गरेको छ । बिहीबार बिहान ११ बजेतिर काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ को ओसिस पार्टी प्यालेस नजिकैको मकैबारीबाट बच्चा रोइरहेको आवाज सुनेपछि गएर हेर्दा जिवित शिशु देखेर प्रहरीलाई खबर गरिएको थियो । स्थानीय रामा श्रेष्ठले शिशुलाई मकैबारी भित्र देखेकी थिइन् । उनले मकैबारीको बीचमा सालनालसहितको बालक देखिइन् । तत्काल प्रहरीको १०० मा फोन गरेर सबै सुनाइन् ।
प्रहरीको गोर्कण बिटबाट सई रामेश्वर खड्कासहितको टोली बालक भेटिएको स्थानमा पुग्यो । प्रहरीले बेवारिशे अवस्थामा फालिएका शिशुको उद्धार गरी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा लग्यो । अहिले अस्पतालको एनआइसियुमा राखेर शिशुको उपचार भइरहेको छ । डाक्टर सत्यम रिमाल नेतृत्वको टोली शिशुको उपचारमा खटिरहेको छ । अस्पतालले दिएको जानकारीअनुसार शिशु स्वास्थ्य स्थिर छ ।
‘अस्पताल ल्याउँदा शुरूमा उनलाई श्वासप्रश्वासमा केही समस्या देखिएको थियो,’ अस्पताल स्रोत भन्छ, ‘अहिले उनी स्वस्थ छन् ।’ २ किलो २० ग्राम तौलका ती शिशुलाई मकैबारीमा कसले फाल्यो भन्ने खुल्न सकेको छैन । घटनाबारे सुक्ष्म रूपमा अनुसन्धान अघि बढाएको बौद्ध प्रहरीका डिएसपी नरेन्द्र चन्दले जानकारी दिएका छन् । बुधबार राति कसैले शिशुलाई मकैबारीमा फालेको हुन सक्ने उनको अनुमान छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी शैलेश थापा क्षेत्रीका अनुसार यसरी भेटिएका बालकहरूको स्वास्थ्यलाई ध्यानमा दिएर अस्पतालमा नै राखिन्छ । स्वास्थ्य ठीक भए उनीहरूलाई अस्पतालबाट डिस्चार्ज गरी सुरक्षित स्थानमा सारिन्छ । अभिभावक एकिन नभए संरक्षण गर्ने संस्थामा हस्तान्तरण गरिने जनाइएको छ ।
July 30, 2019 7:41 am | टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
केही करसम्बन्धी सेवाहरू पालिकाबाट शुरु गर्ने अर्थ मन्त्रालयको तयारी