मोना कुवेतले इदको अवसरमा खुला भलिबल प्रतियोगिता आयोजना गर्ने
कुवेत -म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिती कुवेतले बकर इदको अवसर पारेर खुला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । उक्त प्रतियोगितामा प्रथम र द्वितीय पुरस्कार क्रमश १०१ कुवेती दिनार, ६१ कुवेती दिनार, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । भने उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र रहेको सह-कोषाध्यक्ष तथा खेलकुद प्रमुख तुल बहादुर पुनले तितोपाटी लाई जानकारी दिएका छन ।
वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका भलिबल खेल प्रमी नेपालिहरुमा लुकेर रहेका प्रतिभा लाई प्रस्फुटन गराउन उक्त प्रतियोगिताको आयोजना गरिएको हो । मोना कुवेतले स्थापना भएको छोटो समयमै सामाजिक कार्य संगै भलिबल खेलमा निकै सक्रिय रुपमा आगाडी बढिरहेको छ ।
भलिबल खेलमा म्याग्दी जिल्लाका खेलाडीहरुले जुनसुकै ठाउँमा पनि निकै उत्कृष्ट खेल प्रदर्शन गर्दछन । कुवेतमा कार्यरत खेल प्रेमी खेलाडी लगायत सम्पूर्ण खेल प्रेमी नेपालिहरुलाई उक्त दिनको प्रतियोगितामा उपस्थित भइ खेलको शोभा बढाइदिनको लागि पनि आयोजकले आग्रह गरेको छ ।
खेल सम्बन्धि थप जानकारीहरु :-
खेलाडी टिमको दर्ता र खेल संचालनको लागि अन्तिम सम्पर्क, मिति र समय यस प्रकारको रहेको छ ।
– टिम दर्ता अन्तिम मिति – ११ अगष्ट २०१९ बेलुका ४ बजे सम्म ।
– खेल संचालन – १२ र १३ अगष्ट २०१९, बिहान ७ बजे देखि ११:३० बजे सम्म र मध्याह्न २:३० बजे देखि पुनः शुरु हुनेछ ।
खेलका नियमहरु
१. खेलमा खेलाडीहरुको ९ जना सम्मको अनिवार्य नाम दर्ता गर्नु पर्नेछ ।
२. खेलाडीले खेल मैदान प्रवेश गर्नु पुर्व खेलाडीको जर्सी अनिवार्य हुनु पर्नेछ ।
३. खेल संचालन हुनु पुर्व १५ मिनेट पहिले खेलाडी खेल मैदानमा प्रवेश गर्नु पर्नेछ ।
४. निर्धारित समय सम्म खेलाडी खेल मैदानमा उपस्थित नभए तुरुन्तै वाकओभर दिइनेछ ।
५. खेल नकाउटको आधारमा खेलाइने छ ।
६. टिम दर्ता गरि सकेपछी शुल्क फिर्ता हुनेछैन ।
७. खेल संचालनमा कुनै किसिमको वाद विवाद भएमा रेफ्री र आयोजकको निर्णय अनिवार्य हुनेछ ।
सम्पर्कको लागि :-
वरिष्ठ उपाध्यक्ष – दिपक छन्त्याल – ६६०३२८८०
महासचिब – चन्द्र गोतामे – ६७७९९१२७
सह-कोषाध्यक्ष तथा खेलकुद प्रमुख – तुल बहादुर पुन – ९२२०६७०२
प्रकाश सुन्दास – ९४१९७४५६
खेम परियार – ६५५१९११६
याम थापा मगर – ६०७८३२३३
अर्जुन चोखाल – ६००५६८०३
रन रसाइली – ६५१२४२०५
जस घताने
आयोजक : म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने
टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो