मोना कुवेतले इदको अवसरमा खुला भलिबल प्रतियोगिता आयोजना गर्ने
कुवेत -म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिती कुवेतले बकर इदको अवसर पारेर खुला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । उक्त प्रतियोगितामा प्रथम र द्वितीय पुरस्कार क्रमश १०१ कुवेती दिनार, ६१ कुवेती दिनार, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । भने उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल र प्रमाणपत्र रहेको सह-कोषाध्यक्ष तथा खेलकुद प्रमुख तुल बहादुर पुनले तितोपाटी लाई जानकारी दिएका छन ।
वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका भलिबल खेल प्रमी नेपालिहरुमा लुकेर रहेका प्रतिभा लाई प्रस्फुटन गराउन उक्त प्रतियोगिताको आयोजना गरिएको हो । मोना कुवेतले स्थापना भएको छोटो समयमै सामाजिक कार्य संगै भलिबल खेलमा निकै सक्रिय रुपमा आगाडी बढिरहेको छ ।
भलिबल खेलमा म्याग्दी जिल्लाका खेलाडीहरुले जुनसुकै ठाउँमा पनि निकै उत्कृष्ट खेल प्रदर्शन गर्दछन । कुवेतमा कार्यरत खेल प्रेमी खेलाडी लगायत सम्पूर्ण खेल प्रेमी नेपालिहरुलाई उक्त दिनको प्रतियोगितामा उपस्थित भइ खेलको शोभा बढाइदिनको लागि पनि आयोजकले आग्रह गरेको छ ।
खेल सम्बन्धि थप जानकारीहरु :-
खेलाडी टिमको दर्ता र खेल संचालनको लागि अन्तिम सम्पर्क, मिति र समय यस प्रकारको रहेको छ ।
– टिम दर्ता अन्तिम मिति – ११ अगष्ट २०१९ बेलुका ४ बजे सम्म ।
– खेल संचालन – १२ र १३ अगष्ट २०१९, बिहान ७ बजे देखि ११:३० बजे सम्म र मध्याह्न २:३० बजे देखि पुनः शुरु हुनेछ ।
खेलका नियमहरु
१. खेलमा खेलाडीहरुको ९ जना सम्मको अनिवार्य नाम दर्ता गर्नु पर्नेछ ।
२. खेलाडीले खेल मैदान प्रवेश गर्नु पुर्व खेलाडीको जर्सी अनिवार्य हुनु पर्नेछ ।
३. खेल संचालन हुनु पुर्व १५ मिनेट पहिले खेलाडी खेल मैदानमा प्रवेश गर्नु पर्नेछ ।
४. निर्धारित समय सम्म खेलाडी खेल मैदानमा उपस्थित नभए तुरुन्तै वाकओभर दिइनेछ ।
५. खेल नकाउटको आधारमा खेलाइने छ ।
६. टिम दर्ता गरि सकेपछी शुल्क फिर्ता हुनेछैन ।
७. खेल संचालनमा कुनै किसिमको वाद विवाद भएमा रेफ्री र आयोजकको निर्णय अनिवार्य हुनेछ ।
सम्पर्कको लागि :-
वरिष्ठ उपाध्यक्ष – दिपक छन्त्याल – ६६०३२८८०
महासचिब – चन्द्र गोतामे – ६७७९९१२७
सह-कोषाध्यक्ष तथा खेलकुद प्रमुख – तुल बहादुर पुन – ९२२०६७०२
प्रकाश सुन्दास – ९४१९७४५६
खेम परियार – ६५५१९११६
याम थापा मगर – ६०७८३२३३
अर्जुन चोखाल – ६००५६८०३
रन रसाइली – ६५१२४२०५
जस घताने
आयोजक : म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड