नेपालले उज्गेस्तान संग प्रतिस्पर्धा गर्दै
कुवेत -एएसबिसी स्कुल ब्वाईज बक्सिङ्ग संघ द्वारा कुवेतमा बक्सिङ्ग प्रतियोगिताका लागि नेपाल बाट आएका बक्सिङ्ग खेलाडी छिरिङ वाङ्दी शेर्पाले भोलि ०५ अगष्ट २०१९ का दिन कुवेतको समय अनुसार ४:०० बजे उज्गेस्तान संग प्रतिस्पर्धा गर्दै छन ।

नेपालले सिधै बाइ पाएर क्वाटर फाइनलमा प्रवेश गरेको हो । भोलीको उक्त खेल कुवेत स्पोर्ट्स क्लब कैफानमा हुँदैछ । कुवेत स्पोर्ट्स क्लब कैफान (बस स्टप) नजिकै रहेको छ । गत अगष्ट १ देखि सुरु भएको बक्सिङ्ग आगामी ९ तारिकसम्म हुनेछ ।
युवा उमेर देखि नै बक्सिङ्गमा सहभागिता जनाउने उदेश्यले एएसबीसीले पहिलो पटक स्कुल ब्वाइज च्याम्पियनसिप आयोजना गरेको हो । उक्त च्याम्पियनसिपमा तिस देशका खेलाडीहरुको उपस्थिति रहेको छ ।

कुवेतमा कृयाशिल सघं-सस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, भद्रभलाद्मी, पत्रकार, कलाकार, खेलाडी लगा यत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई भोलि मध्याह्न ३:४५ बजे बाजागाजा सहित नेपाली खेलाडीको हौसला बढाउनको निम्ति खेल मैदानमा उपस्थितिको लागि पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरि कृष्ण न्यौपानेले आग्रह गरेका छन ।
August 5, 2019 1:02 am | खेलकुद,प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड