कुवेतमा नेपाली महिला घरेलु कामदारको मृत्यु, विदेशी नागरिकले हत्या गरेको आशंका
कुवेत -वैदेशिक रोजगारीको क्रममा कुवेतमा काम गर्न आएकी एक जना नेपाली महिलाको मृत्यु भएको छ । घरेलु कामदारको रूपमा कुवेत आएकी राहदानी नं. ०७६०३७१ भएकी ४२ वर्षीया मिना देबी सार्कीको आज बिहान सबेरै उनी बस्दै आएको फरवानिया स्थित कोठामा मृत्यु भएको हो । उनको विदेशी नागरिकले हत्या गरेको आशंका गरिएको छ ।
कुवेतको सिभिल आइडी नं. 278041806939 भएकी र घरेलु कामदार भए पनि मिना फरवानिया ब्लक -३ स्थित आवासीय अपार्टमेन्टमा बंगलादेशी नागरिकसँग बस्दै आएकी थिइन् । प्राप्त जानकारी अनुसार उनी सँगै बस्ने बंगलादेशी नागरिक फरार छन् भने फ्ल्याट धनीले प्रहरीलाइ खबर गरेपछि प्रहरीले मृतकको शरीर पोष्टमार्टम लगायतका फरेन्सिक परिक्षणको लागि लगिसकेको छ ।
घटनाको सम्बन्धमा नेपाली राजदूतावास कुवेतमा सम्पर्क गर्दा द्वित्तिय सचिव जानकी ओझाले मृत्युको सम्बन्धमा प्रारम्भिक जानकारी पाएको बताउँदै हत्या वा मृत्यु के हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताउँदै कानूनी प्रकृया पश्चात पोष्टमार्टम रिपोर्ट र फरेन्सिक रिपोर्ट प्राप्त भएपछि जानकारी हुने बताउँदै सम्पुर्ण कागजात प्राप्त भएपछि मृतकको नेपालको घर ठेगाना पत्ता लगाइ जति सक्दो छिटो प्रकृया पुरा गरी शब नेपाल पठाउने बताइन् ।
समरंण रहोस, २ दिन अगाडि मात्रै पनि मंगाफमा एक जना नेपाली पुरूष कामदारको मृत्यु भएको थियो ।Hello
August 5, 2019 7:32 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
दाङको फोहर व्यवस्थापन केन्द्रमा आगलागी