साउदी अरबको ताबुकमा भलिबल प्रतियोगिता सहित बकर ईद मनाइयो ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब माताहातमा रहेको ताबुक क्षेत्रिय समितले गत आइतबार अगस्ट ११ तारिकका दिन बकर ईद को शुभकामना सहित खुल्ला भलिबल प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । बकर ईद २०१९ को अवसर पारेर ताबुकमा कृयाशिल एनआरएनएहरूले प्रवासमा रहेका नेपालीहरूलाइ भलिवल प्रतियोगिताको माध्यामद्बाट एकिकृत गर्ने प्रयास गरेको हुन् ।
बिभिन्न चरणमा बिभाजित कार्यक्रमको उद्घाटन ताबुक क्षेत्रिय अध्यक्ष तथा कार्यक्रमका सभापति समेत रहेका अर्जुन थापाले गर्नुभएको थियो । आरसिसी सचिव युवराज पोख्रेल द्वारा संचालित कार्यक्रममा एनआरएनए राष्ट्रिय समन्वय परिषद उपाध्यक्ष भक्त हमाल प्रमुख अतिथिको रुपमा रहनु भएको थियो । कार्यक्रममा ताबुक क्षेत्रिय समितिमा आवद्ध पदाधिकारीहरू, भलिवल खेलाडिहरू लगायत खेलप्रेमि नेपालीहरूको उल्लेख्य जमघट रहेको थियो ।
ताबुक आसपासका क्षेत्रहरूबाट ६ र दुबा शर्मा बाट १ गरी कुल ७ वटा भलिवल टिम बिच भएको प्रतियोगिता निकै प्रतिस्प्रधा भएको थियो । प्रतियोगिता आस्त्रा (फार्म )भलिवल टिमले प्रथम स्थान ओगट्न सफल भएको थियो भने आरामको भलिबल टिम दोस्रो स्थान हासिल गरेका थिए ।
ताबुकबाट देबि बहादुर सुतारकार्की

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
चुनावी प्रयोजनका लागि अर्थ मन्त्रालयबाट १९ अर्ब १५ करोड बराबरको स्रोत सहमति
चुनाव र शान्ति सुरक्षामा असर पर्ने अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह
तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम २७ मार्च २०२६ मा हुने ।
चुनावमा खटिने कर्मचारीका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा
सुदूरपश्चिमेली नेपाली समाज कुवेतको अध्यक्षतामा महेश कुमार चयन