साउदी अरबको ताबुकमा भलिबल प्रतियोगिता सहित बकर ईद मनाइयो ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब माताहातमा रहेको ताबुक क्षेत्रिय समितले गत आइतबार अगस्ट ११ तारिकका दिन बकर ईद को शुभकामना सहित खुल्ला भलिबल प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । बकर ईद २०१९ को अवसर पारेर ताबुकमा कृयाशिल एनआरएनएहरूले प्रवासमा रहेका नेपालीहरूलाइ भलिवल प्रतियोगिताको माध्यामद्बाट एकिकृत गर्ने प्रयास गरेको हुन् ।
बिभिन्न चरणमा बिभाजित कार्यक्रमको उद्घाटन ताबुक क्षेत्रिय अध्यक्ष तथा कार्यक्रमका सभापति समेत रहेका अर्जुन थापाले गर्नुभएको थियो । आरसिसी सचिव युवराज पोख्रेल द्वारा संचालित कार्यक्रममा एनआरएनए राष्ट्रिय समन्वय परिषद उपाध्यक्ष भक्त हमाल प्रमुख अतिथिको रुपमा रहनु भएको थियो । कार्यक्रममा ताबुक क्षेत्रिय समितिमा आवद्ध पदाधिकारीहरू, भलिवल खेलाडिहरू लगायत खेलप्रेमि नेपालीहरूको उल्लेख्य जमघट रहेको थियो ।
ताबुक आसपासका क्षेत्रहरूबाट ६ र दुबा शर्मा बाट १ गरी कुल ७ वटा भलिवल टिम बिच भएको प्रतियोगिता निकै प्रतिस्प्रधा भएको थियो । प्रतियोगिता आस्त्रा (फार्म )भलिवल टिमले प्रथम स्थान ओगट्न सफल भएको थियो भने आरामको भलिबल टिम दोस्रो स्थान हासिल गरेका थिए ।
ताबुकबाट देबि बहादुर सुतारकार्की

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने