प्रवासमा तिजको लहर ।
हरेक वर्ष झैँ यस वर्ष पनि नेपाली समाज रहेको विश्वको विभिन्न कुना काप्चामा तिजको रमझम एक महिना पहिला देखि नै लागिरहेको छ भने त्यसरी नै छिमेकी मुलुक भारात रहँदै आएका नेपाली समाजमा पनि तीजको लहरले छोएको छ। त्यही क्रममा गोकुल धाम संयुक्त परिवारले २४ अगस्त २०१९ को दिन विशेष तीज कार्यक्रम सम्पन्न गरेका छन्।गोकुल धाम संयुक्त परिवार मुम्बईको आयोजनामा महिलाहरूको सम्मानार्थ हिन्दु नारी हरूको पबित्र चाड हरितालिका तीजको अवसरमा विशेषत: महिलाहरुको लागी कार्यक्रम राखेका थिए ।

प्रवासमा नेपाली धार्म, संस्कृति र संस्कारको महत्व र पहिचान जोगाउँदै आएको गोकुल धाम संयुक्त परिवारले नेपाली संस्कार र परम्परा लाई बचाउन अहम भूमिका निर्वाह गर्दै आएका छन्। उक्त कार्यक्रमको आयोजक समुहमा लेखनाथ पंत, नारायण पंगेनी, सुरेस घिमिरे , हुम राज सापकोटा , हुमलाल अर्याल , चिरञ्जीवी पाण्डे , सन्दीप पाण्डे , रमेश पाण्डे , आशा शर्मा , राज पंत र प्रेम कोइराला सम्मिलित रहेका थिए ।

कार्यक्रमको प्रमुख उदेश्य सबै देशवासी एक भएर नेपाली धर्म र संकृतीलाई संवर्दन र संरक्षण गर्नु पर्ने कुरामा जोड दिनु रहेको थियो। उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरू तथा मुम्वाईको विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरू अथितिको रूपमा सहभागी भएका थिए।
August 26, 2019 10:04 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन