साउदी अरबमा तिजको रौनक ।
शुक्र मोक्तान
साउदी अरब नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अबसरमा गैर आवसिय नेपाली संघ साउदीले ३० अगस्ट २०१९ शुक्रबारका दिन दम्माम स्थित अलखयाम रेष्टुरेण्टमा एक विशेष कार्यक्रम गरी भब्य रुपमा तीज मनाएको छ ।
गैर आवसिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदकी मध्यपूर्व महिला उपसंयोजक श्रीमती याशमिन वेगमको सभापतित्व रहेको उक्त कार्यक्रममा नेपाली राजदुतावास रियादकी द्वितिय सचिव श्रीमती तारा गौतम प्रमुख अतिथीको रूपमा उपस्थित रहनुभएको थियो भने अतिथीको रूपमा NRNA NCC साउदी अरबकी महिला उपाध्यक्ष श्रीमती उषा केसी र नेपाली दिदीबहिनी समुहकी सल्लाहकार श्रीमती सम्झना श्रेष्ठको उपस्थिती रहेको थियो।
अन्य अतिथीको रूपमा विभिन्न संघ संस्थाका प्रतिनिधीहरू, मिडिया कर्मीहरू,व्यबसायी तथा समाजसेवीहरूको उपस्थिती रहेको थियो। कार्यक्रम नेपाली राष्ट्रिय गानबाट सुरु गरिएको थियो भने, सुश्री दिक्षा थापाले स्वागत मन्तव्य राखेकी थिइन् ।कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वक्ताहरूले आफ्नो अनुभव, तीजको महत्व साथै प्रवासमा तीज मनाउँदाको खुशी व्यक्त गरेका थिए भने दिक्षा थापा, तपस्या अधिकारी, दिव्य थापा र आईशा अर्यालले सामुहिक रूपमा भट्किलो बन्दै गरेको तीजलाई व्यंग्य गर्दै छोटो नाटक प्रस्तुत गरेका थिए।
उक्त कार्यक्रमको दौरान नेपाली राजदुताबास रियादकी नवनियुक्त द्वितिय सचिव श्रीमती तारा गौतमलाई NRNA NCC साउदीको तर्फ बाट श्रीमती याशमिन वेगम र श्रीमती उषा केसीले दोसल्ला ओढाई स्वागत गरेका थिए। NRNA NCC साउदीकी महिला संयोजक श्रीमती रबिना अर्यालले संचालन गरेको उक्त कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै कार्यक्रमकी सभापती श्रीमती याशमिन वेगमले औपचारीक कार्यक्रम समापनको घोषणा गर्नुभएको थियो।तत्पश्चात अनौपचारीक रूपमा दिदीबहिनीहरूको मनोरंजनात्मक नाचगान साथै दर खाने कार्यक्रमहरू रहेका थिए।
तस्बिर झलक:

August 31, 2019 3:03 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने