महामन्त्री खड्का र गगन थापा कुवेत आउदै
कुवेत, १० सेप्टेम्बर २०१९ : नेपाली कांग्रेसको वैदेशिक भातृ संगठन नेपाली जनसम्पर्क समिति कुवेत शाखाले तेस्रो अधिवेशन गर्ने भएको छ।
आउदो सेप्टेम्बर २७ तारिख २०१९ का दिन कुवेतको फर्वानियाकाे सेफ नौसाद होटेलमा समितिको तेस्रो अधिवेशन गर्न लागेको समितिका कोषाध्यक्ष इन्द्र पौडेल “कृष्ण”ले हिमालीसंचारलाई जानकारी दिए।
कांग्रेस केन्द्रीय कार्यालयको निर्देशन अनुसार जनसम्पर्क समिति कुवेतले आफ्नो तेश्रो अधिवेशन गर्न लागेको हो।
अधिवेशनको लागि कांग्रेस महामन्त्री एवम् पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काको प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य एवम् पूर्वस्वास्थ्यमन्त्री गगन कुमार थापाको विशेष उपस्थितिमा समितिले आफ्नो अधिवेशन गर्न लागेको समितिका सभापति कल्याण कुमार श्रेष्ठले बताए।
जनसम्पर्क समिती कुवेतको निमन्त्रणालाई स्वीकार्दै अतिथीको रुपमा साउदी अरबबाट राजु सायद कतारबाट नरेन्द्र भाट युएईबाट मनाेज गोर्खालीको उपस्थित रहने समितिले जानकारी दिएको छ।
कुवेतलाई कर्मथलो बनाउँदै आउनुभएका नेपाली कांग्रेसप्रति आस्था राख्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई अधिवेशनमा उपस्थितिका लागि नेपाली जनसम्पर्क समिति कुवेतले अनुरोध गरेको छ।
साथै उक्त दिन कुवेतमा रहेका क्रियाशिल संघसंस्थाहरुले कार्यक्रम नजुझाई दिनुहुन समितिले आग्रह समेत गरेको छ।
कार्यक्रम हुने :
मिति : २७ सेक्टेम्बर २०१९
समय : ठिक ११ बजे
स्थान : सेफ नौसाद होटेल फर्वानिया
आयोजक : नेपाली जनसम्पर्क समिति कुवेत।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन