लघुचलचित्र मेरी श्रीमती सार्वजनिक
युएई- युएईमा कार्यरत नेपालीहरुले लघुचलचित्र मेरी श्रीमती सार्वजनिक गरेका छन् । नेपाली समाजले भोगिरहेको व्यावहारिक यथार्थतालाई देखाउने प्रयास स्वरुप यो लघु चलचित्र निर्माण गरेको निर्माता तथा निर्देशक बरुण खनालले जानकारी दिएका छन् ।
उक्त चलचित्रले नारीहरुलाई आदर सम्मान गर्न सुझाएको छ । रक्सी र चुरोटको लतमा लागेको व्याक्तिले आफ्नी श्रीमतीलाई गाली गर्ने, कुटने, श्रीमतीले पकाएको खाना नमिठो लागेर बाहिरको खाना मगाउने गरेर सताएको दृश्य नेपाली जनजीवनसँग मिल्दोजुल्दो देखाइएको छ ।
यो प्रवृति खराब भएको महसुस जब चलचित्रमा नायकले महसुस गर्छ, तब कथाले युटर्न लिन्छ । नायकले नायिकालाई माया गर्न थाल्छ । आपसी मेल देखाउदै लघु चलचित्र सकारात्मक सन्देश दिदै अन्त्य हुन्छ ।
सबैभन्दा रोचक पक्ष त यो रिल लाइफमा श्रीमानको भुमिकामा देखिएका नायक कैलाश अर्याल, श्रीमतीको भुमिकामा देखिएकी नायिका अनु अर्याल भण्डारी र छोरीको भुमिकामा रहेकी प्रिन्सेस अर्याल रियल लाइफमा पनि श्रीमान र श्रीमती हुन । युएईमै जन्मिएकी ३ वर्षकी प्रिन्सेस पनि उनीहरूकै रियल छोरी हुन । अभिनयमा परिपक्वता नदेखिए पनि रोजगारीको व्यस्तताका बीचमा नेपालीहरुको सामाजिक/ पारिवारिक यथार्थलाई छोटो कथामा समेटेर नारीवादी चलचित्र निर्माण गर्नु आफैमा रचनात्मक काम हो । किडस फन च्यानलले सार्वजनिक गरेको १० मिनेटको लघु चलचित्र सन्देशमुलक बनेको छ ।
November 15, 2019 2:18 pm | फोटो
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड