नेपाल टेकुँला भन्ने आश मारिसकेकी टीका सेनलाइ इराकबाट १४ बर्ष पछि NRNA कुवेतले घर फर्कायो।
दिलकुमार पाख्रीन/ १९ नोभेम्बर, कुवेत। लगभग १४ बर्ष पहिले दलालहरु मार्फत भारत, दुबई हुँदै इराकको युद्धग्रस्त क्षेत्र बगदाद पुगेकी स्यालझुन्डे-५ रुपन्देहिकी टीका सेनलाइ १४ बर्ष पछि एन आर एन ए कुवेतले उद्दार गरि नेपाल फर्काएका छन। अब नेपाल टेकुँला भन्ने आश समेत मारिसकेकी सेनलाइ दलालहरुले घरेलु कामदारको रुपमा इराक पुर्याइएको थियो। इराक पुगेको केही महिना बित्दा नबित्दै उनको मालिकको घरमा बम हमला भयो।

उनी भाग्न त सफल भइन तर उनको मालिकको घर बमले ध्वस्त हुँंदा मालिक परिवार जिउँदा रहे भन्ने शंका सम्म गर्न सकिन्नथ्यो। उनी त्यहाँबाट भागेर निस्केपछी घर मालिकको बारेमा अन्दाधुन्दा रहिन। यति सम्म कि घर मालिकहरु जिउँदा छन कि सबै मरे केही थाहा भएन। सडकमा खाली खुट्टा भौतारिँदै उनी कहिले पुलिस स्टेसन घरी कुनै विदेशी मान्छेहरुसंग बाँच्ने सहारा खोज्दै हिँडिन। उनलाइ न पुलिसले न अन्य कसैले उद्दार गर्न सक्यो। आफ्नो जन्म भुमी नेपाल निस्किने लाझौँ बाटोहरु खोज्दै लाखौं कोसिस गर्दा गर्दै १४ बर्ष बितेछ। अब त उनको नेपाल निस्किन सक्छु भन्ने आश समेत मरिसकेछ। इराकको सयौँ गल्लिहरुमा भौतारिँदै कहिले भोकै कहिले मागेर पेट भर्दै कहिले कुनै घरमा काम गर्दै गर्ने क्रममा अन्तिम पटक कुवेती महिलाको घरमा काम गर्न पुगिन।

उनका आफन्तहरु इराक-कुवेत आउने जाने क्रममा उनकी घरमालिकले आफ्ना आफन्त संग आफ्नो नोकरको समस्याबारे बताएछन। उनका आफन्त एन आर एन ए कुवेतका संस्थापक अध्यक्ष एवं हालका संरक्षक राजेन्द्र तामाङ संग अचानक भेट भयो। त्यसपछी उनले नेपाली हुन भन्ने थाहा पाएपछी इराकमा अलपत्र नेपाली महिलाको बारेमा बताए। उनले अलपत्र परेकी नेपाली महिलाको नेपाली नागरिकताको धमिलिसकेको मधुरो फोटोकपी समेत उपलब्ध गराए। त्यसपछी उक्त फोटो एन आर एन ए कुवेतका नव निर्वाचित अध्यक्ष सुजन केसि मार्फत पेस गरे।

एन आर एन एले नेपाली दूतावासलाई इराकमा अलपत्र परेकी नेपाली चेली टीका सेनको बारेमा जानकारी गराउँदै ट्राभल डकुमेन्टको लागि आग्राह गरे। डकुमेन्ट पाएपछी पनि अन्य कागजी प्रक्रिया मिलाउन झन्डै ४ महिना लाग्यो। त्यसो त उनलाइ उद्दार गरेर नेपाल पठाउन सहज पटक्कै थिएन। इराकस्थित Human rights र रेडक्रस संग समेत समन्वय गर्न पर्यो। सबै प्रक्रिया पुगे पश्चात् तिनै उनका घरमालिकका आफन्तमार्फत ट्राभल डकुमेन्ट र आवस्यक कागजात इराक पठाएर इराकको राजधानी बगदादबाट हिजो साँझ फ्लाइ दुबईको उडान भर्दै उनी नेपाल पुगेकी छिन।
नेपाल पुगेर टेलीफोन सम्पर्कमा एन आर एन ए कुवेत लगाएत उनलाइ नेपाल सम्म पुग्नका लागि साथ सहयोग गर्नुहुने सबैलाई धन्यवाद सहित आभार प्रकट गरेकी छिन।
November 19, 2019 2:47 pm | प्रवास,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन