युएईका व्यावसायीलाई नेपालमा लगानी गर्न उपप्रधानमन्त्री पोखरेलको आग्रह
युएई संवाददाता-
मंसिर ३- एयर शो हेर्न युएई आएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले यहाँका व्यावसायीहरुलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् । नेपाली दूतावास अबुधाबी र नेपाली बिज्नेस काउन्सिल दुबईको संयुक्त आयोजनामा मंसिर २ गते दुबईको सेराटन ग्रान्ड होटलमा आयोजित एक गोष्ठीमा रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका उपप्रधानमन्त्री पोखरेलले व्यावसाय गर्न नेपाल भर्जिनल्यान्ड रहेको, अन्य देशहरुको तुलनामा आयकर कम्ती रहेको, नेपालको सुरक्षा व्यवस्था सुदृढ रहेको, अहिलेको सरकारले बिदेशी लगानीलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिए ।
नेपालमा राजनीतिक स्थिरता आएकोले अब आर्थिक समृद्धि तर्फ नेपालले पाइला चालेको र त्यसका लागि वातावरण अनुकुल भएको दर्साउदै उपप्रधानमन्त्री पोखरेलले युएईमा व्यावसाय गरिरहेका नेपाली तथा सीमित विदेशी व्यावसायी उपस्थित भएको एक कार्यक्रममा १३ मिनेट लामो अङ्ग्रेजी भाषाामा लिखित मन्तव्य पढेर विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गरे ।
“नेपालमा व्यावसायिक सम्भावनाहरु” विसयक गोष्ठीमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले नेपालमा हाइड्रोपावर, कृषि, पर्यटन, उद्योग, हवाईसेवा लगायत अन्य क्षेत्रमा लगानी गरे उच्च प्रतिफल पाइने कुरामा विस्वस्त हुन लगानीकर्ताहरुलाई अनुरोध गरे ।
युएईको रक्षा मन्त्रालयद्वारा बर्सेनि आयोजना हुने दुबईको एयर शो” अवलोकन गर्न युएईका उपप्रधानमन्त्री तथा दुबईका रुलर शेख मोहम्द बिन रसिदको निमन्त्रणामा युएई भ्रमणमा रहेका रक्षामन्त्रीको पदभार समेत सम्हालेका उपप्रधानमन्त्री पोखरेलले
नेपाल र युएईबीचको आपसी सम्बन्ध दरिलो भएको उल्लेख गर्दै यहाँका शेखलाई पनि नेपालमा लगानी गर्न आग्रह गरेको र त्यो आग्रहलाई शेख मोहम्द बिन रसिदले सकारात्मक रूपमा लिएको जानकारी गोष्ठीमा सार्वजनिक गरे ।

युएईमा ब्यापार/व्यावसाय गरिरहेका नेपालीहरुको व्यावसायिक संस्था नेपाल बिजनेस काउन्सिलका अध्यक्ष आसिफ अलि सिद्दिकीले नेपालमा व्यावसायिक वातावरण राम्रो भएको खण्डमा विदेशबाट लगानी भित्र्याउन सकिने धारणा व्यक्त गरेका थिए । उनले नेपाल सरकार, नेपाली दूतावास तथा कार्यक्रममा उपस्थित सबैलाई आभार प्रकट गर्दै युएईमा व्यापार गरिरहेका नेपालीहरुले नेपालमा व्यावसायिक संस्था संचालन गरिरहेको र आगामी दिनमा युएईबाट उल्लेख्य लगानी भित्रिने विस्वास प्रकट गरेका छन् ।
नेपाली बिजनेस काउन्सिलले नेपाली दूतावास अबुधाबीसँग मिलेर अति सान्दर्भिक र समसामयिक विसयमा कार्यक्रम राखेकोमा युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले आभार प्रकट गर्दै युएईमा कार्यरत भारत, पाकिस्तान, जाेडन, इराक, बंगलादेश लगायतका अन्य व्यावसायीहरुलाई नेपालमा लगानी गर्न अनुरोध गर्दै दूतावासले यस कार्यमा जहिल्यै पनि सहजीकरण गर्ने प्रष्ट पारेका थिए ।
November 20, 2019 1:50 pm | टप,प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला