अन्तराष्ट्रिय नेपाली कलाकार समाज कुवैतले जनवरी २४ मा अतिथि कलाकारका साथ बार्शिक उत्सव मनाउने ।
सुरेश गुरुङ /२४ कुबेत, “मौलिक कला र संस्कृतिका साथमा कलाकारको जगेर्ना गरौं” भन्ने मुल नाराका साथ स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेतले आगामी २४ जनवारी २०२० शुक्रबारको दिन कुबेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा आफनो वार्षिक उत्सव तथा अतिथि कलाकारको साथमा सांगीतिक धमका गर्ने भएको छ।
गत नोवेम्बर २२ तारिक शुक्रबार दिन डोलराज न्यौपानेको अध्यक्षतामा बसेको बैठकले विविध विषयहरुमा छलफल गरेर समाजका संरक्षक, सल्लाहकार लगाएत कार्यसमितिका सदस्यहरु साथै शुभचिन्तकहरुको उपस्थितमा बसेको बैठकले आगामी २४ जनवारी २०२० शुक्रबारको दिन अतिथि कलाकारको साथमा सांगीतिक धमका गर्ने निर्णय गरेको ईनास कुवेतको अध्यक्षय डोलराज न्यौपानेले जानकारी दिएको छ।
कुवेत नगरीमा रहेर inas kuwait ले धेरै राम्रा काम गर्दै आयको सबै लाई थाहा नै छ। गतसाल हरुमा गायन प्रतियोगिता, Dancing star .singing star.गरि कलाकारहरु लाई बिजेता बनाई टोफि प्रमाणपत्र नगत पुरुस्कार हरु बितरण गरेको थियो 2019 जनबरिमा अतिथी कलाकार खुमन अधिकारि ल्यायर धमका गरेको कुवैत बासि नेपालिलाई थाहा नै छ। Inas kuwait ले जनवारी ३ गर्ने भनिएको कार्यक्रम जुद्न्न गएको मा Inas kuwait धेरै पछी गर्नु परेको पनि अध्यक्ष डोलराज न्यौपानेले बताएका छन।
उक्त सांगीतिक कार्यक्रमको लागि कृयाशील संघ संस्था, बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार लगाएत सम्पूर्ण कुवेतवासी नेपालीहरुलाई अग्रिम निमन्त्रणा दिदै उक्त दिन कुनै कार्यक्रम नजुधाइ दिनुहुन अध्यक्ष न्यौपानेले विनम्र अनुरोध गरेका छन् साथै कुन नेपाल बाट अतिथि कलाकारको ल्याउने भन्ने ’boutमा टुंगो लागिनसकेकोले यसको टुंगो चाडै लगाएर सार्वजनिक गरिने अध्यक्ष डोलराज न्यौपानेले बताएका छन।
कार्यक्रमको विवरण:-
स्थान : इन्डियन सेन्ट्रल स्कुलको हल जिलिब
मिति : २४ जनवारी २०२० शुक्रबार
कार्यक्रम : वार्षिक उत्सव तथा अतिथि कलाकारको साथमा सांगीतिक धमका
आयोजक :अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन