Thursday 16th January 2025

झापाकै नमूना विधालयमा जाडाेका कपडा वितरण

5 years अगाडी

शिवसताक्षी-३ स्थित श्री शान्ति आधारभुत विध्यालयका ४८ जना विध्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । समृद्धि बचत तथा लगानी समुहकी कोसाध्यक्ष साथै झापाली समाज युएईकी आजिवन सदस्य तथा हाल अलएन क्षेत्रकी संयोजक, एनआरएनए आरसीसी अलएन क्षेत्रकी महिला संयोजक सरस्वती बास्तोला र दुई दिदीबहिनीहरु तारादेवी बास्तोला, देवका बास्तोला र शिवसतासी-३ का वडाध्यक्ष पुन्यप्रसाद सापकोटा र शिक्षक कमल ढकालको व्याक्तिगत पहलमा सोही विध्यालयमा अध्ययनरत गरिव तथा जेहेदार विध्यार्थीहरुलाई जाडोका कपडा वितरण गरिएको हो । सोही अवसरमा पुरस्कार वितरण र विविध साँस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।

विधार्थीको अभावमा मर्च हुन लागेको विध्यालयमा हालको व्यवस्थापनले रचनात्मक कामहरू गरेका कारण जिल्लाकै नमूना विधालय बन्ने क्रममा रहेको यो शैक्षिक संस्थामा अध्ययनरत ४८ जना विपन्न विधार्थीहरुलाई नि:शुल्क जाडाेका कपडा वितरण गरिएको दाता तथा सोही विध्यालयमा कार्यरत शिक्षिका तारादेवी बास्तोलाले जानकारी दिएकी छन् । मङ्सिर १३ शुक्रबार विध्यालय परिसरमा आयोजित न्यानो कपडा वितरण कार्यक्रममा विशेष अतिथिका रूपमा उपस्थित झापाली समाज युएईका नेपाल सम्पर्क समिति अध्यक्ष जगत लुइँटेलले विध्यालयको व्यवस्थापनको खुलेर प्रशंसा गरे । लुइँटेलले भने, “शिक्षक/शिक्षिकाकाहरुले आफ्नो जन्मदिनमा चकलेट बाँढ्ने परम्परालाई परिवर्तन गर्दै १ हजार रुपैयाँ बराबरको कपी र पेन्सिल किनेर स्कुलमा राख्दा रहेछन् र सो सामग्री अति न्यून वर्गका विध्यार्थीहरुलाई नि:शुल्क वितरण गर्ने नमूना काम गरेको पाएँ ।”

२०६८ सालमा कक्षा ५ सम्ममात्र रहेको यो विध्यालय विध्यार्थी अभावमा मर्ज हुन लागेको स्कुलमा हाल २ सयभन्दा बढी बिध्यार्थी रहेका छन् । हाल कक्षा ८ सम्मको पढाई भइरहेको यस विध्यालयमा कक्षा ५ सम्म पुर्ण रूपमा अङ्ग्रेजी माध्यममा पठनपाठन हुने गरेकाे छ । यहाँ निकट भबिश्यमा १० सम्म पुर्‍याउने लक्ष्य रहेको सोही विध्यालयमा कार्यरत शिक्षिका तारादेवी बास्तोलाले जानकारी दिइन् ।
झापा जिल्लामै नमूना विध्यालयमा पर्ने यो विध्यालयलाई भने जिल्ला शिक्षा कार्यालयले भने वेवास्ता गरेको, खाजा सुबिधा काटेको, भवन निर्माणमा पनि कुनै सहयोग नगरेको कार्यक्रममा उपस्थित विध्यालय व्यवस्थापन समितिका सदस्यहरुले गुनासो गरेका छन् । विधालय व्यवस्थापन समितिले यो सामुदायिक विध्यालयलाई सरकारले सौतेनी व्यावहार गरेका कारण आफ्नो विध्यालय आफै बनाउन कम्मर कसेर लागेको विध्यालय व्यवस्थापन समितिका अध्यक्ष पुन्य सापकाेटाले बताएका छन् । विध्यालयका प्रधानाध्यापक बिष्णु भट्टराईले विध्यालयमा सबै शिक्षक/शिक्षिका र कर्मचारीले आफ्ना छोराछोरीलाई अनिवार्य सोही विध्यालयमा पढाउने व्यवस्था गरिएको जानकारी दिदै शिक्षक/शिक्षिका र अभिभावकको सकारात्मक प्रयत्नले जिल्लाकै नमूना विध्यालय बनाउन कोसिस गरिरहेको बताए ।

शिक्षक माहासघ प्रमुख बेनु कार्कीकाे प्रमुख आतिथ्यमा सन्चालन भएको कार्यक्रमको अध्यक्षता पुन्य सापकाेटाले गरेका थिए । यस विध्यालयमा कार्यरत शिक्षक/शिक्षिकाहरुलाई उदाहरणीय काम गरेकोमा सामुहिक सम्मान समेत गरिएको थियो । यसै विध्यालयमा प्रधानाध्यापक भएर सेवानिवृत भएका देवकुमार दाहाल, विध्यालय व्यवस्थापन समितिका पुर्व पदाधिकारी र विध्यालय संचालनमा सहयोग गर्ने सबै चन्दादाताहरुलाई पनि सोही अवसरमा सम्मान गरिएको दाता तथा शिक्षिका देवका बास्तोलाले जानकारी दिएकी छन् । विध्यालय सन्चालनमा सहयोग पुगोस भनी गत तिहारमा आयोजना गरिएको देउसीभैलो कार्यक्रममा सहभागी सबै विध्यार्थीहरुलाई पनि सोही कार्यक्रममा करुवा र प्रशंसा पत्रका साथमा मेडल लगाएर सम्मान सहित पुरस्कार वितरण पनि गरिएको थियो । जाडोमा न्यानो स्वेटर पाएर बालबालिकाहरु प्रफुल्ल देखिन्थे ।

          November 30, 2019 11:45 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...