कुवैतमा तमू (च्यु) ल्हाेसार कार्यक्रमकाे भब्य तयारी हँदै।
डिसेम्बर ६, कुवेत। प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु अर्थात शास्त्र हराए संस्कृति हराउछ, संस्कृति हराए परम्परा हराउछ र परम्परा पनि हराए मानबको अस्तित्व नै हराउछ भन्ने मुल नाराका साथ कुवेतमा सक्रिय संस्था तमू समाज कुवेतले आफ्नो महान एवं मौलिक,साँस्कृतिक पर्व तमू च्यु ल्होसार यो पटक पनि १० जनावरी २०२० शुक्रबारको दिन कुवेतको हिजुल कबड एरिया मा विविध खेलकुद,र सांस्कृतिक प्रस्तुतिहरु को साथ मनाउने तिब्र तयारी भईरहेको तमू समाज कुवेतका अध्यक्ष राजु तमूले जानकारी दिएका छन्।
तमू (च्यु)ल्हाेसार कार्यक्रमलाई थप मनोरञ्जनात्मक रौनकता र माहौललाई रंगीन र संगीतमय बनाउन समाजका ककलाकारहरुले बेजोड प्रस्तुति दिने तयारि गरिरहेक समाजको कलाकार उपप्रमुख रुप गुरुङ बताए साथै उक्त दिन तमू (गुरुङ)को तमू जेष्ठ नागरिक द्वारा स्याई स्याई गर्ने भेषभुसा सहित, गुरुङ समुदायको लोपोन्मुख झोरा, मारुनी नृत्य,कौरा नृत्य,प्रस्तुति सहित कार्यक्रमलाई थप रोचक गर्न छेलो फाल्ने, डोरि तान्ने,हाडी फोर्ने, म्युजिकल चेयर्स प्रतियोगिता साथै जलपान तथा दिव्यभोजको पनि व्यासथा भएको आयोजकले जानकारी दिएक छ।
उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रम लाई सफल बनाइदिनु आयोजकले अनुरोध गरेको छ।
कार्यक्रमको विवरण
कार्यक्रम : तमू(च्यु)ल्होसार
मिति: १० जनावरी २०२० शुक्रबार
स्थान :हिजुल कबड एरिया(BLOCK No 2- STREET NO-14 HIJUL KABAD KUWAIT)
आयोजक : तमू समाज कुवेत
December 7, 2019 3:19 am | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
गोरखा समाज कुवेतको प्रथम अधिवेशन बाट अध्यक्ष पदमा मदन पनेरू चयन
खोटाङ कुवेत सम्पर्क मञ्च द्वारा दोस्रो सांगीतिक धमका आयोजना हुने
दुर्गा प्रसाईं चाल्नाखेलबाट पक्राउ
बैतडीमा जन्ती बस दुर्घटना : ज्यान गुमाएकाका परिवारलाई सुदूरपश्चिम सरकारले एक लाख राहत दिने
यात्री समाज कुवेतद्वारा शिक्षामा सहयोग ,शैक्षिक सामग्री वितरण
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड