पहिलो अन्तर्राष्ट्रिय मदन भण्डारी क्रिकेट च्यामपेंनशिप-२०१९ राजधानी दिल्ली आयोजन हुदै
सुबास बस्नेत, नयाँ दिल्ली । पहिलो अन्तर्राष्ट्रिय मदन भण्डारी क्रिकेट च्यामपेंनशिप-२०१९ आयोजनाको पुर्वतयारिमा राजधानी दिल्ली आइतबार प्रेस मिट कार्यक्रम सम्पन्न भएको छ। तिन दिन सम्म चल्ने टि-20 क्रिकेट च्यामपेंनशिप-२०१९ यहि डीसेम्बेर १९, २० र २१, २०१९ का दिन विनय मार्ग इस्पोर्ट कंप्लेक्स, विनय मार्ग, चानक्यपुरी, नयाँ दिल्लीमा आयोजना गरिने मदन भंडारी इस्पोर्ट एकेडमी इन्डियाका प्रवास इंन्चार्ज श्री गोपाल थापाले बताएका छन् ।
मदन भण्डारी फाउंडेशन अंन्तर्गत संचालित मदन भण्डारी इस्पोर्ट एकेडमी नेपालले छिमेकि राष्ट्र भारतमा वैधानिकता पाय संगै विभिन्न क्षेत्रमा खेल आयोजना गर्दै आयको छ । खेल प्रति अभिरूची भएका तर खेल्ने वातावरण बाट बंन्चित प्रवासी खेलप्रेमी साथीहरूलाई खेलप्रति प्रोत्साहन गर्ने, नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याऊने र सहज खेल वातावरणको सिर्जना गर्ने उदेश्य र खेल र खेलाडीको लागि उच्च सम्मान भन्ने मूल नाराकासाथ मित्र राष्ट्र भारतमा मदन भंडारी इस्पोर्ट एकेडमी इन्डियाको स्थापना गरिएको हो ।
खेल र खेलाडीहरुको लागि उच्च सम्मान गर्दै आफ्नो खेल संचालनले छोटो समयमा नै धेरै उपलब्धिहरु हासिल गरीरहेको र देशमा मात्र नभएर मित्र राष्ट्रहरुसंग पनि इंडो नेपाल मैत्रीपूर्ण खेलहरु सञ्चालन हुनु पर्छ भन्ने मान्यताका साथ मदन भंडारी इस्पोर्ट एकेडमी इंडिया अधिकारिक खेल सस्थाको रुपमा स्तफित भएको हो ।
मदन भण्डारी इस्पोर्ट एकेडमी इन्डियाले इन्डो नेपाल मैत्रीपूर्ण खेल आयोजनाको पुर्व तयारी स्वरुप आफ्नो पहिलो अन्तर्राष्ट्रिय मदन भण्डारी क्रिकेट च्यामपेंनशिप-२०१९ यहि डीसेम्बेर १९, २० र २१, २०१९ का दिन सम्पन्न पार्न गइरहेको छ । प्रेस मिट कार्यक्रममा भ्रमण वर्ष-२०२० को लोगोलाइ समेत खेलाडीहरुका ड्रेस, व्यानर र पोस्टरमा समेत छपाएर बिशेस महत्वका साथ प्रचार प्रसार गरियको थियो ।
December 16, 2019 5:47 pm | Uncategorized,प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला