

झापामा साइबर सुरक्षा सम्बन्धि एकदिने सचेतना कार्यक्रम सम्पन्न

विर्तामोड / साइबर सुरक्षा सम्बन्धि एकदिने सचेतना कार्यक्रम झापा विर्तामोडको गोमेन्द्र बहुमुखी महाविद्यालयकमा आज सम्पन्न भएको छ । क्यान फेडेरेशन झापा शाखाको आयोजना, इलाका प्रहरी कार्यालय विर्तामोडको सह आयोजना तथा गोमेन्द्र बहुमुखी महाविद्यालयको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विर्तामोड प्रहरी प्रमुख मोहन प्रसाद थापाले सामाजिक सञ्जालमा हुने आपराधिक घटना र कानुनि उपचारको बारेमा सहजीकरण गरेका थिए । सोही अवसरमा क्यान झापा समिती सदस्य तथा साइबर क्राइमका प्राबिधिक विशेषज्ञ निरज अधिकारीले साइबर क्राइमका बारेमा प्रकाश पार्दै इन्टरनेटको माध्यमबाट हुने अपराध, सफ्टवेर ह्याकिङ , इमेल ह्याकिङ र त्यसबाट बच्ने उपायका विषयमा सहजीकरण गरेका थिए । थापाले फेसबुक मार्फत हुने आर्थिक अपाध, साइबर पोर्नोग्राफी, गैरकानुनी ढंगले अर्काको लेख प्रकाशित गर्ने, साइबर स्टाकिङ, जाली नोटको कारोबार, व्ल्याकमेल, यौन शोषण, बदलाको भावना र बेचविखन लगायतका विषयमा प्रहरी कार्यालयमा उजुरी आउने गरेको जानकारी दिदै त्यस्ता गतिविधी गर्नेबाट सजग रहन सुझाव दिएका थिए ।
क्यान झापाका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विर्तामोड प्रहरी प्रमुख मोहन प्रसाद थापा प्रमुख अतिथी, गोमेन्द्र बहुमुखी महाविद्यालयका क्याम्पस प्रमुख तथा संचालक डा. रुपक प्रासाद खनाल विसिस्ट अथिती, क्यान माहासंघका केन्द्रीय सदस्य भुपेन्द्र मैनाली, क्यान प्रदेश सदस्य रोशन दाहाल, क्यान झापा सचिव कृष्ण प्रसाद घिमिरे, बिर्तामोड नगरपालीका आईटी अफिसर जयराम चमलागाईको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको संचालन प्राध्यापक सेखर पाण्डेले गरेका थिए । कार्यक्रममा गोमेन्द्र बहुमुखी महाविद्यालयका विसिए तथा विविए अध्यनरत विद्यार्थी, शिक्षक लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता थियो ।
December 20, 2019 9:12 pm | समाचार

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

गाजामा १५ जना डाक्टर र कर्मचारी मारिएको घटनामा इजरायली सेनाले स्वीकार्यो आफ्नो गल्ती

नेपाली जनसम्पर्क समिति कुवेतले ११२ औं वीपी जयन्ती तथा १४ वार्षिकोत्सव १२ सेप्टेम्बरमा मनाउने

सरकारले नौ महिनामा तीन खर्ब ६६ अर्ब रुपैयाँ ऋण उठायो

यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७४ पुग्यो

शिक्षकका माग सम्बाेधन हुनेगरी विद्यालय शिक्षा विधेयक ल्याइने

१९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि, नेपालले यूएईसँग खेल्दै

एआईमा आधारित आईभीएफ प्रविधिमार्फत विश्वकै पहिलो शिशुको जन्म

चीनमा हाइड्रोजन ड्रोनले ३० घण्टा निरन्तर उडान भरेर कीर्तिमान बनायो

