मगर सँघ कुवेतको तेश्रो अधिवेशन तथा माघे सकराती १७ जनवरी २०२० मा आयोजना हुँदै
जय आले, कुवेत
२२ डिसेम्बर २०१९ । कुवेतवासी नेपालीहरु बिच कृयाशिल रहेको जातिय संस्था नेपाल मगर सँघ बैदेशिक शाखा, कुवेतले आफ्नो तेश्रो अधिवेशन तथा मगरहरुको मौलिक तथा साँस्कृतिक पर्व एवं आम नेपालीहरुको महान चाड माघे सकराती आगामी १७ जनवरी २०२० शुक्रबारका दिन कुवेतको फर्वानिया स्थित युनिक अडेटोरियम हलमा आयोजना गरि सम्पन्न गर्ने बताएको छ ।
मगर जातिय भाषा, संस्कृति, भेषभूषा एवं मौलिकतालाई जगेर्णा गर्दै सँघको केन्द्रिय बिधानमा आस्थावान रहि कुवेतमा कृयाशिल रहेका अन्य नेपाली सँघ-संस्थाहरुसँग समेत सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्यका साथ मगर सँघ नेपालका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरको बिशेष उपस्थितिमा सन् २०१२ को जुन १५ मा स्थापना भएको मगर सँघ कुवेतले आफ्नो ४/४ बर्षे लामो दोश्रो कार्यकाल पुरा गरेको छ ।
अधिवेशनका लागि नेपाल मगर सँघबाट केन्द्रिय प्रतिनिधि समेत आउने जानकारी दिंदै कुवेतमा पेशारत समस्त मगर दाजुभाई तथा दिदीबहिनीहरुलाई सहभागीताको लागि आव्हान गरेको छ भने अन्य नेपाली सँघ-संस्था एवं समस्त कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त दिन अन्य कुनै कार्यक्रमको आयोजना नगरी माघे सकराती तथा अधिवेशनमा उपस्थिती जनाइ दिन अनुरोध गरेको छ ।
स्थापना कालदेखी मगर सँघ कुवेतले मगरहरुको राष्ट्रिय तथा साँस्कृतिक पर्व माघे सकराती तथा मगर दिवस जस्ता पर्वहरु सामुहिक रुपमा कुवेतवासी नेपालीहरु बीच मनाउँदै आएको छ ।
पुनश्च्व:
मिति : १७ जनवरी २०२०, शुक्रबार
समय : बिहानको ठिक ११.०० बजे, उप्रान्त
स्थान : युनिक अडेटोरियम हल फर्वानिया, कुवेत
संपर्क : जय आले मगर – ९९१०१४०८, मनु भुजेल मगर – ६९३३३८८३, बसन्त थापा मगर – ५०३४३९९३, राजेन्द्र आले मगर – ६९०७६५९१, जंग घरती मगर – ६०००८६७९
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला