तमु च्यु ल्होसारको सम्पुर्ण तयारी पूरा
6 years अगाडी
Nepal Drishti
कुवेत : तमु प्ये ल्हु संघ कुवेतको आयोजनामा आगामी ३ जनवरिमा हुन लागेको कार्यक्रम तमु च्यु ल्होसारको सम्पुर्ण तयारी पूरा भएको छ।
कुवेतको खैतानस्थित राजधानी प्यालेसमा बिहान ११ बजेदेखी अतिथी कलाकार बहुचर्चित लोक दोहोरी गायिका सबिना तमुस्यो र स्थानिय कलाकारहरुको साथमा धुमधामका साथ मनाउने तयारी रहेको जानकारी प्राप्त भएको छ।
उक्त कार्यक्रमको लागि नेपालबाट आमन्त्रित कलाकार सबिना तमुस्यो जजिरा एयरवेजबाट ३० डिसेम्बर साँझ ८ बजे कुवेत अवतरण गर्नेछिन।“प्ये म्हस्यँ म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु।” अर्थात “शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छेको अस्तित्व नै हराउँछ।” त्यसैले हाम्रो भाषा संस्कार संस्कृती हाम्रो अस्तित्व हो यस्लाइ बचाउनु हामी सबैको कर्तव्य हो भन्ने उदेश्यका साथ २०१२ मा स्थापित तमु प्ये ल्हु संघ कुवेतले हरेक बर्ष ल्होसार मनाउँदै आइरहेको छ।
त्यसो त तमु प्ये ल्हु संघले कुवेतका क्रीयाशिल अन्य संघ संस्थाहरुसंग थुप्रै मानविय तथा सामाजिक कार्यहरुमा पनि सकृय रुपमा सहभागीता र सहकार्य गर्दै आइरहेको छ।
यसपालिको यो च्युँ ल्होसार कार्यक्रमको प्रमुख प्रायोजक BEC Exchange ले गरेको छ। कार्यक्रमको बारेमा जानकारी दिँदै अध्यक्ष उमा गुरुङले यस अगावै कुवेतका सबै सञ्चारगृह, संघ संस्था एवं वुद्धिजिवी बर्गहरुलाइ निमन्त्रणा पठाइसकिएको र कथमकदाचित निमन्त्रणा पत्र छुट्न गएको खन्डमा यसै समाचारलाई निमन्त्रणा स्वीकारि कार्यक्रममा उपस्थित हुनुभइ कार्यक्रमको शोभा बढाइदिनहुन सबै संघसंस्था तथा कुवेतमा श्रम गरिरहनुभएको दाजुभाइ तथा दिदिबहिनिहरुलाइ अनुरोध गरेकी छिन।
December 24, 2019 4:35 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला
Loading...