Saturday 23rd November 2024

मृगौला पीडि़त मिना पुन लाई नेपाली जन सम्पर्क समिति ओमान द्धारा पचास हजार सहयोग

5 years अगाडी

ओमान – घर देश देखि टाढा रहेर पनि सहयोगी भाव र नेपाली मन र पन मा बाचेका हुन्छन प्रवासि नेपाली हरु। त्यहि भावना लाई चरितार्थ गर्दै नेपाली जन सम्पर्क समिति ओमान ले दुबै मृगौला फेल भइ हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी) पोखरा मा उपचार गराई रहनु भयका पोखरा महानगरपालिका -३३ ठुलो पाखा, कास्की निवासी बर्ष ३२ कि मिना पुन मगर लाई बिमारी को अप्ठेरो मा आर्थिक सहयोग गरेको छ।

आर्थिक अवस्था निकै कमजोर र श्रीमान सम्पर्क मा नभय पछि आमा सङग नै बस्दै आमा बिममाया पुन मगर कै सहयोग मा ऊपचार गराऊदै गर्नु भयको जानकारी प्राप्त भयको छ।
यस अवस्था मा थोरै भय पनि सहयोग गर्न समिति द्वारा संकलीत रकम 31-01-2020 का दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा गएर नेपाली जनसम्पर्क समिती ओमन केन्द्रिय सदस्य श्री डम्बरबहादुर पुन ज्यु ले उहाँ लाई भेट गरि रु पचास हजार (50,000)/-नगद हस्तान्तरण गर्नु भयको थियो।

यस कार्य मा नेपाल राष्ट्रिय मगर संघ पोखरा-३३का सभापति बम पुन मगर ले सहकार्य गर्नु भएको थियो। सहयोगी सबै लाई धन्यवाद दिदै नेजस ओमनको तर्फदेखि मिना पुन मगर को पुर्ण र शिघ्र स्वस्थ लाभको कामना गरेको उक्त समिति का जिम्मेवार ले बताउनु भयको छ। हमेशा अप्ठेरो मा परेका दिन दुखि लाई सहयोग गर्ने नेपाली जन सम्पर्क समिति ओमान को यस कार्य को सबैले प्रसंसा गरेका छन्।

          February 1, 2020 6:03 pm | Uncategorized,प्रवास,समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...