अलएनमा नयाँ वर्ष-२०७७ धमाका
“नेपालीका लागि नेपाली” भन्ने मुल मन्त्रका साथ् स्थापना भएको गैर आवासीय नेपाली संघ, युएई, क्षेत्रीय समन्वय परिषद अलऐनले नेपाली नयाँवर्ष-२०७७ मा धमाका गर्ने भएको छ ।विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चाडपर्व नियमित मनाउदै आएको गैर आवासीय नेपाली संघको युएई अन्तरगत सक्रिय क्षेत्रीय समिति अलएनले नेपाली नयाँ वर्षमा सांगीतिक धमाका मच्चाउन यो कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष उज्ज्वल दाहालले जानकारी दिनुभएको छ ।
नेपाली नयाँ वर्ष २०७७ को उपलक्ष्यमा राष्ट्रिय कलाकारहरु तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने गरी “नयाँ वर्ष सांस्कृतिक धमाका-२०७७” को आयोजना आउदो १०-अप्रिल, शुक्रबार अलऐनको फाइभ स्टार पार्टी प्यालेसमा आयोजना हुने निस्चय भएको अध्यक्ष दाहालले बताउनुभएको छ ।
कार्यक्रमको मुख्य आकर्षक कलाकारहरूमा राजेश पायल राई रहनुहुनेछ भने द नेपाली भ्वाइस-२ का लोकप्रिय गायकगायिकाहरु बलबहादुर राजवंशी, मेचु धिमाल पनि अलएनको कार्यक्रममा उपस्थित भएर मञ्च जमाउने भएका छन् । यसैगरी ४१.०५ मिनेट नृत्य गरेर गिनीज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल एलिसा श्रेष्ठ र रूबिसा श्रेष्ठ पनि नेपालबाट आफ्नो कला प्रस्तुत गर्न युएई आउने पक्का भएको जानकारी कार्यक्रम संयोजक रन्जन भुजेलले बताउनुभएको छ ।
साथमा रोजगारीको क्रममै युएईमा कार्यरत नेपाली कलाकारहरू पारस लामा, दिब्या सुब्बा,प्रसान्त ताजपुरिया, जनक रूचाल, शान्ति तामाङ, एलिसा तामाङ, बिनिता ढुगाना सहित एक नेपाली सांगीतिक ब्यान्ड “ओतप्रोत,ले पनि आफ्नो प्रस्तुति रहने आयोजक संस्था एनआरएनए अलएनका सचिव दिपक खडकले जानकारी दिनुभएको छ ।
March 2, 2020 7:44 am | प्रवास,संगीत
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
चुनावी प्रयोजनका लागि अर्थ मन्त्रालयबाट १९ अर्ब १५ करोड बराबरको स्रोत सहमति
चुनाव र शान्ति सुरक्षामा असर पर्ने अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह
तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम २७ मार्च २०२६ मा हुने ।
चुनावमा खटिने कर्मचारीका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा
सुदूरपश्चिमेली नेपाली समाज कुवेतको अध्यक्षतामा महेश कुमार चयन
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न सेनाका उपकरण र साइबर प्रहरी परिचालन