

गाउँगाउँमा कोरोनाको त्रास, पातको मास्क लगाउँदै गाउँले

बीबीसी ।रायपुर । भारतको छत्तीसगढ राज्यका ग्रामिण क्षेत्रमा समेत कोरोनाभाइरसको संक्रमण फैलिने त्रासले सर्वसाधारणहरु घरमै सीमित भएर आवश्यक सुरक्षा तथा सतर्कताका उपायहरु अवलम्बन गर्न थालेका छन् ।
कोरोनाभाइरसको संक्रमणबाट जोखिनका लागि कसैले तीनपत्रे मास्क लगाउन सुझाव दिइरहेका हुन्छन् भने कसैले ‘एन ९५’ मास्क लगाउन भनिरहेका हुन्छन् । गाउँघरमा त्यस्ता मास्क उपलब्ध हुन नसकेका कारण स्थानीयबासीले भने सालको पातको मास्क बनाएर लगाउन थालेका छन् ।
काँकेर जिल्लाको अन्तागढमा पञ्चायत भवनमा आयोजना गरिएको बैठकमा आदिवासीहरु पातको मास्क लगाएर आएका थिए । भर्रीटोला गाउँका एक युवकले भने, ‘हामीसँग अर्को मास्क छैन, त्यसैले घरबाट बाहिर निस्कनु पर्दा हामी पत्ताकै मास्क लगाएर हिँड्छौँ ।’
एउटा स्थानीय न्यूज वेबसाइटका लागि काम गर्दै आएका टोकेश्वर साहुका अनुसार पातले बनाइएको मास्क ग्रामिण क्षेत्रमा लोकप्रिय भइरहेको छ ।
‘हेर्दा हेर्दै यस्तो मास्क कयौँ गाउँमा प्रचलनमा आइसकेको छ, आदिवासीहरुले दिनभर यो मास्क लगाउँछन्,’ उनले भने, ‘अर्को दिनका लागि फेरि नयाँ बनाउँछन् ।’
चिकित्सकहरुका अनुसार यस्तो मास्कले कोरोना संक्रमणबाट केही हदसम्म जोखिन सकिन्छ । खोक्दा अथवा हाच्छिउँ गर्दा भाइरस सोझै अरुमा पुग्न नसक्ने भएकाले केही हदसम्म यस्तो मास्कले पनि रोग फैलनबाट जोगाउन सक्ने उनीहरुको भनाइ छ । यद्यपि यस्तो मास्कले श्वास फेर्न भने कठिन हुन सक्ने उनीहरुको भनाइ छ ।
रायपुरका चिकित्सक डा. अभिजित तिवारी भन्छन्, ‘आदिवासी समाजले वर्षौं पुरानो परम्परा र ज्ञानले हामीलाई समृद्ध बनाउँदै आएको छ । उनीहरुको पारम्परिक ज्ञानले हामीलाई हमेसा चकित पार्दछ । तर कोरोनाको सवालमा उनीहरु पनि अरु नागरिकजस्तै आ–आफ्नो घरमा बसुन् ।’
उनले सरकारलाई आदिवासी क्षेत्रमा कपडाका मास्क निःशुल्क वितरण गर्न पनि आग्रह गरे ।
बस्तर क्षेत्रका आदिवासीहरुको जीवनमा पत्ताको निकै महत्व छ । उनीहरु खाना खानका लागि पनि साल, सिउडी, पलासको पत्ता प्रयोग गर्दछन् । पत्ता गाँसेर टपरी, दुना बनाउने चलन छ ।
March 26, 2020 12:20 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

एमालेमा सदस्यता नवीकरणको विषयलाई विवादमा ल्याउनुपर्ने कुनै कारण छैन : पूर्वराष्ट्रपति भण्डारी

प्रहरीले पक्राउ परेका व्यक्तिको फोटो तथा भीडीओ सार्वजनिक नगर्ने

निरेमको संरक्षणमा कुवेतमा स्थापित नेपटोन ब्यान्डले आफ्नो पहिलो ओरिजिनल गीत ‘मेरो मुस्कान’ सार्वजनिक गर्ने तयारी पूरा गरेको छ।

एन आर एन ए कुवेतको अध्यक्ष पदमा दिल कुमार पाख्रीनको उम्मेदवारी किन?

नेपाल र कुवेतले वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला खेल्ने

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

