कुवेतमा सवारी दुर्घटनामा २७ बर्षिया प्रज्ञा प्रधानको मृत्यु
हरि कृष्ण न्यौपाने-मेचिनगर-२,भृकुटी -झापा घर भई कुवेतमा कार्यरत २७ बर्षिय प्रज्ञा प्रधानको सबारी दुर्घटनामा मृत्यु भएको छ।अक्टोबर ०९,शुक्रबार,२०२०को राती उनी चढेको सबारी साधनलाई अर्को सबारी साधनले ठक्कर दिए पछि कुवेतको आदान अस्पताल पुर्याएकोमा शनिबार बिहानको उनको मृत्यु भएको हो।प्रज्ञाको शबलाई आज अक्टोबर १५ तारिकको उडानबाट नेपाल पठाइदै छ।
जन सम्पर्क समिती कुवेतका महामन्त्री तथा मृतकका दाजु कृष्ण पौडेलले भने”अक्टोबर ०९,२०२० शुक्रवारबार राती डिउटीबाट फर्किने क्रममा प्रधान चढेको कम्पनिको सबारी साधनलाई अर्को सवारी साधनले ठक्कर दिएको थियो।मृतकलाई कुवेतको अदान अस्पताल पुर्याई अप्रेशन गरिए पनि अत्याधिक रक्तस्रावका कारण शनिबार बिहान उनलाई मृत्यु घोषित गरिएको थियो।पौडेल थप्छन”मृतक प्रज्ञा र उनको दिदी रिता माया प्रधान कामबाट फर्किदै थिए।बाटोमा उनिहरु चडेको कम्पनीको कारलाइ अर्को कारले ठक्कर दिएको र दुबै जनालाइ आदान अस्पताल लगिएकोमा प्रज्ञाको अप्रेसन गरिए पनि बचाउन सकिएन।दुर्घटनामा मृतककी दिदी रिता भने सामान्य घाइते भएकी थिईन।प्रज्ञाको शबलाई मृतकी दिदी रिता अनि कुवेतमै कार्यरत दाजु बाल कुमार प्रधानले आज अक्टोबर १५ तारिक,२०२० बिहिबार बेलुकीको उडान मार्फत नेपाल लिएर जादैछन ।”
नेपाली राजदुतावास कुवेतका दितिय सचिब श्रीकृष्ण सिलवालले राहदानी नं-१०८०८७६५ भएकी प्रज्ञाको मृत्युको कारण सवारी दुर्घटना रहेको बताए।उनले भने”फोर्टिटु स्पा(4T2 SPA)कुवेतमा दुई बर्ष ६ महिना देखि कार्यरत मृतक प्रधानको परिवारका सदस्य आफ्नै दिदी र दाई कुवेतमा भएकाले उहाहरुलेनै शब लिएर जान दुताबासले सहजिकरण गरेको हो।” तितोपाटी डट कम बाट साभार
October 15, 2020 7:52 pm | टप,प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला