राज्य कमजोर हुँदा जनता टुहुरा भए : पूर्वराजा ज्ञानेन्द
काठमाडौं : पूर्वराजा ज्ञानेन्द शाहले राज्य कमजोर हुँदा नेपाली जनता टुहुरा भएको बताएका छन्। उनले संकटको अहिलेको समयमा अभिभावकले खेल्नुपर्ने भूमिका नेतृत्वले नखेलेको बताउँदै नेपाली जनता अभिभावकबिहीन बनेकामा पीडाबोध भएको बताएका हुन्।
‘संकटको घडीमा अभिभावकको क्षमता र हैसियत स्पष्ट हुन्छ भन्ने आम मान्यताका आधारमा हेर्दा सबै नेपाली जनता अभिभावक बिहिन टुहुरा बनेको पीडाबोध यति बेला हुँदैछ’, विज्ञप्तिमा भनिएको छ।
प्राकृतिक विपत्ति मानववशको कुरा नभएको हामी सबैले बुझेका छौं तर विपत्तिसँग भिड्दा नागरिक जीवन सहज र सुरक्षित बनाउने व्यवस्थापकीय कौशल जिम्मेवार पक्षबाट प्रस्तुत हुन नसक्दा आम जनताको दैनिक जीवन अत्यन्त कष्टकर बन्दै गएको उनको भनाइ छ।
दसैंको अवसरमा शुभकामना दिँदै उनले हर्षोल्लासका साथ विजयादशमी मनाउने अवस्था नरहे पनि शुभकामना भने दिन सकिने बताएका छन्।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला