पच्चीस जना डाक्टर सहित मनाङमा चारदिने निशुल्क स्वास्थ्य शिबिर संचालनमा
मनाङ -मनाङ जिल्लाको हुम्डेमा यहि मङ्सिर १३ गते देखि १६ गते सम्म चार दिने निशुल्क स्वास्थ्य शिबिर संचालनमा रहेको छ गण्डकी प्रदेशका सांसद राजिब गुरुङ (दिपक मनाङे) को पहलमा उक्त चार दिने शिबिर संचालन भएको हो। मनाङ्ग जिल्लामा निशुल्क स्वास्थ्य शिबिरको उदघाटन सांसद राजिब गुरुङ( दिपक मनाङे) द्वारा एक कार्यक्रमको आयोजना गरि गरिएको हो।उक्त कार्यक्रममा स्थानिय जनताको बाक्लो उपस्तिथि रहेको थियो। कादुरी एग्रिकल्चरल एशोशियसन र ठमेल टुरिजम बोर्डकी वरिष्ठ उपाध्यक्ष गिता गुरुङको विशेष सहयोगम संचालित निशुल्क शिबिरको लागी २५ जना डक्टर र नर्स रहेका छन। निशुल्क शिबिरमा करिब तीन हजार बिरामीहरु नाक, कान, घांटी,अँखा लगायत सुत्केरी र प्रेसर सुगरको रोगिहरुको उपचार हुने लक्ष्य रहेको सांसद मनाङेका निजि सजिब रोनित गुरुङले मुग्लानी खबरलाई जानकारी गराएका छन।
सांसद मनाङेले तिन महिना अगाडी मैले सरकारलाई मात्र दोष लगाएर हुदैन कतिपय काम आफै पनि गर्नुपर्छ र डक्टर नर्स म आफै पठाउछु भनेको भएर यसपालि लिएर आएको हु उनले बताए। यस शिबिरको लागी सहयोग गर्नुहुने कादुरी एग्रिकल्चरल एशोशियसन र बिशेष सहयोगि गिता गुरुङलाई पनि धन्यबाद ब्यक्त गरेका छन। उक्त शिबिर ४ दिनको रहने र मनाङ्ग जिल्लाभरिको ३००० बिरामीहरुको उपचार गरिने छ।उक्त शिबिर कम्तिमा पनि ६० लाख लागतमा समापन हुने बताईएको छ।
विभिन्न सामाजिक कार्यमा पछिल्लो समयमा सकृय रुपमा लागेका सांसद मनाङेको यस महान कार्यले उनको उचाई थप चुलिएको छ।
November 29, 2020 11:42 am | टप,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन
इराकबाहेक मध्यपूर्वका सबै देशमा रोकिएको श्रम स्वीकृति खुला