पच्चीस जना डाक्टर सहित मनाङमा चारदिने निशुल्क स्वास्थ्य शिबिर संचालनमा
मनाङ -मनाङ जिल्लाको हुम्डेमा यहि मङ्सिर १३ गते देखि १६ गते सम्म चार दिने निशुल्क स्वास्थ्य शिबिर संचालनमा रहेको छ गण्डकी प्रदेशका सांसद राजिब गुरुङ (दिपक मनाङे) को पहलमा उक्त चार दिने शिबिर संचालन भएको हो। मनाङ्ग जिल्लामा निशुल्क स्वास्थ्य शिबिरको उदघाटन सांसद राजिब गुरुङ( दिपक मनाङे) द्वारा एक कार्यक्रमको आयोजना गरि गरिएको हो।उक्त कार्यक्रममा स्थानिय जनताको बाक्लो उपस्तिथि रहेको थियो। कादुरी एग्रिकल्चरल एशोशियसन र ठमेल टुरिजम बोर्डकी वरिष्ठ उपाध्यक्ष गिता गुरुङको विशेष सहयोगम संचालित निशुल्क शिबिरको लागी २५ जना डक्टर र नर्स रहेका छन। निशुल्क शिबिरमा करिब तीन हजार बिरामीहरु नाक, कान, घांटी,अँखा लगायत सुत्केरी र प्रेसर सुगरको रोगिहरुको उपचार हुने लक्ष्य रहेको सांसद मनाङेका निजि सजिब रोनित गुरुङले मुग्लानी खबरलाई जानकारी गराएका छन।
सांसद मनाङेले तिन महिना अगाडी मैले सरकारलाई मात्र दोष लगाएर हुदैन कतिपय काम आफै पनि गर्नुपर्छ र डक्टर नर्स म आफै पठाउछु भनेको भएर यसपालि लिएर आएको हु उनले बताए। यस शिबिरको लागी सहयोग गर्नुहुने कादुरी एग्रिकल्चरल एशोशियसन र बिशेष सहयोगि गिता गुरुङलाई पनि धन्यबाद ब्यक्त गरेका छन। उक्त शिबिर ४ दिनको रहने र मनाङ्ग जिल्लाभरिको ३००० बिरामीहरुको उपचार गरिने छ।उक्त शिबिर कम्तिमा पनि ६० लाख लागतमा समापन हुने बताईएको छ।
विभिन्न सामाजिक कार्यमा पछिल्लो समयमा सकृय रुपमा लागेका सांसद मनाङेको यस महान कार्यले उनको उचाई थप चुलिएको छ।
November 29, 2020 11:42 am | टप,समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने
टी–२० वरीयतामा नेपाल एक स्थान माथि उक्लियो
नेपाल कुवेत सरोकार समाजको पाँचौं अधिवेशन अक्टूबर ३१ गते हुने
लिपुलेक कालापानी ब्यास गाउपालिका ४मा जिल्लाकै सर्वाधिक धनराशी भएको भलिबल खेल सञ्चालन हुने
झापाली समाज कुवेतद्वारा बाढीपीडितहरूलाई एक लाख ७१ हजार रुपैयाँ बराबरको आर्थिक र सामग्री सहयोग