अब एक कल फोन गरेकै भरमा बैंकबाट ऋण पाइने
काठमाण्डाै – आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईँले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।
एक कल फोन गरेको भरमा नै ऋण लिन पाइने सुविधा क्रमशः विस्तार हुँदै गएको छ । फोनबाट ऋण लिने सुविधाप्रति आकर्षण पनि पछिल्ला दिनमा उल्लेखनीय वृद्धि भएको छ ।
अहिले ‘फोन लोन’को सुविधा तीन वटा वाणिज्य बैंकले दिइरहेका छन् । अहिलेसम्म नबिल बैंक, लक्ष्मी बैंक र कुमारी बैंकले फोनबाट ऋण लिन सकिने सुविधा दिएका छन् । नेपालमा पहिलो पटक सुरु भएको फोन लोनमार्फत सय दिनमा कुल एक हजारले ऋण लिएको पाइएको हो । निजी क्षेत्रको सेवाप्रदायक एफवान सफ्टले विकास गरेको फोन लोन सुविधामा बैंकिङ्ग र कर्पोरेट क्षेत्रमा काम गर्ने व्यक्तिमा आकर्षण देखिएको हो । बैंकमा खाता भएका व्यक्तिहरूले आवश्यकताअनुसार ऋण मोबाइलबाट लिन सक्नेछन् । बैंकमा नियमित कारोबार गरेका र क्रेडिट हिस्ट्री राम्रो रहेका ग्राहकलाई यस्तो सुविधा प्रदान गरिएको सम्बन्धित बैंकले जनाएको छ । बैंकले दुई लाख रुपैयाँसम्म ऋण दिने गरिएको छ । बैंकमा खाता भएका व्यक्तिले आफ्नो मोबाइल बैंकिङमार्फत् निवेदन दिएको केही मिनेटमै ग्राहकको खातामा ऋण उपलब्ध हुन्छ । यसका लागि बैंंकसम्म जानुपर्ने तथा धितो राख्नुपर्ने झन्झटसमेत हुँदैन । ऋण लिन इच्छुक ग्राहकले कुनै कागजी प्रक्रिया बिना नै आफ्नो मोबाइल बैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्ने छन् । बिनाधितो, बिनाकागजी प्रक्रिया तत्कालै ऋण पाइने भएकाले यसमा आकर्षण निकै बढेको एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘एफवान सफ्टले जहिले पनि आममानिसको दैनिकीलाई सहज र सरल बनाउने किसिमका प्रविधिको निर्माण गर्दछ । यसै क्रममा हामीले फोनबाटै लोन लिन सकिने प्रविधिको विकास गर्यौँ ।’ यो सुविधामा अहिले बैंकमा आकर्षण निकै देखिएको छ । आउँदाे दिनमा अन्य बैंकहरूमा पनि यो सुविधा थप हुँदै जाने विश्वास लिइएको ढकालले जानकारी दिनुभयो । एफवान सफ्ट नेपालको डिजिटल वित्तीय सेवा कम्पनी हो । कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको निर्माण गरेको छ । यस्तै एफवान सफ्टले इसेवा र फोनपे जस्ता मोबाइलमार्फत हुने भुक्तानीको विकास गरेको दाबी गरेको छ ।
साभार उज्यालो अनलाइन |
February 22, 2021 10:01 pm | अर्थ,टप
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २ गोलले हरायो
जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये झन्डै ५ हजार जना अझै फरार
भारतको दिल्लीमा वायु प्रदूषण हटाउन कृत्रिम वर्षा गराउने तयारी
जेनजीद्वारा माइतीघर मण्डलामा प्रदर्शन
चुनावमा भयरहित ढङ्गले मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार प्रतिवद्ध : प्रधानमन्त्री कार्की
कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने
क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने
तमु (गुरुङ) समाज कुवेतले जनवरी २ मा ल्होछार सांस्कृतिक कार्यक्रम गर्ने