प्रधानमन्त्री ओलीकाे चुनाैती : ‘अविश्वास प्रस्ताव पारित गरेर देखाउनुस्’
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापनाको स्वागत गर्दै अविश्वास प्रस्ताव पारित गरेर देखाउन नेकपाकाे प्रचण्ड–माधव समूहलाई चुनौती दिनुभएकाे छ ।
कमल गाउँपालिका मा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्ताे बताउनुभएकाे हाे । उहाँले आफू अदालतले फैसला गरिदिएर प्रधानमन्त्री बन्ने बाटामा नभएको जनाउँदै प्रधानमन्त्रीले नागरिकको आशीर्वाद लिएर आउँदाे चुनावमा दुई तिहाइको सरकार बनाएरै छाड्ने बताउनुभयो ।
औद्योगिक पार्क निर्माणमा सहकार्य गरेकामा चिनियाँ सरकार र नागरिकलाई प्रधानमन्त्री ओलीले धन्यवाद दिनुभयो ।
कार्यक्रममा उहाँले एकैदिन पाँच पुलको उद्घाटन र ३१ पुलको शिलान्यास हुनाले विकासले तीव्र गति लिएको सबैको सामु छर्लङ्ग भएको बताउनुभयो । अहिले मासिक तीन हजार रुपैयाँ रहेको ज्येष्ठ नागरिकको भत्ता अरू बढाइने पनि उहाँले घोषणा गर्नुभयो ।
नेपाललाई गरिब देशबाट स्तरोन्नति गरेर विकासशील देशमा सिफारिस गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशलाई आत्मनिर्भर बनाउने अभियान आफ्नो प्राथमिकता रहेको बताउनुभयो ।
साभार उज्यालो |
February 28, 2021 11:09 pm | राजनीति
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मेट्रोद्वारा कुवेतमा स्वास्थ्य शिविर आयोजना हुदै
खोटाङ कुवेत सम्पर्क मञ्चद्वारा पक्षघात पिडितलाई रु. ९४ हजार ३३४ रुपैया आर्थिक सहयोग !
पूर्वविशिष्टले प्रयोग गरिरहेको गाडी सुविधाकाे विवरण आजै बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयकाे निर्देशन
कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी गाडी फिर्ता
अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र, यस्ताे छ देशकाे आर्थिक अवस्था (पूर्णपाठ)
गृहमन्त्री सुधनले यी विवादले घेरिए पछी राजीनामा दियका छ्न्।
दलीय विद्यार्थी र कर्मचारी सङ्गठनका संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री शाहको निर्देशन